मंगलवार, ३ असार, २०८२

बेग्लै विचार

जसलाई मायाको सुख महसुस गर्ने आट छ, उसैलाई विछोडको पीडा खप्ने सहनशिलता उत्तिकै महत्त्वपूर्ण छ।

जो बन्द कोठामा बसेर आफैले आफैलाई धिकार्दै छ। विगतमा घटिसकेका घटना सम्झेर अमुल्य वर्तमानलाई नकार्दै छ। जसलाई थाहा छैन कि भविष्यमा के छ लेखिएको?

स्वतन्त्रतालाई अंगाल्दै आफ्नो उद्देश्य खोज्ने क्रममा पापी समाजद्वारा हेपिएको र हारेछु भन्दै निरास कहिल्यै नहुनु तिमी। असफलताको भडास पोखि झोक्राएर नरूनु तिमी। हेर तिमी छौ र पो यो संसार छ। साथी भाइ छन्। सुखी परिवार छ। छैनौ त सबै तिर अन्धकार छ।

किनकि तिमीले सजाएको दुनिया त्यो तिमीसँग मात्र छ र तिमीसँगै हुनेछ। आफ्नो चाहना अनुसार तिमी यसलाई बदल्न सक्छौ भने बिनास गर्न तर्फ किन लाग्छौ? बुढापाका भन्ने गर्छन्, समय र धन यी दुई चिजहरूले मानिसलाई कहिल्यै पुग्दैन।

यता पैसा कमाइराछौं उता उमेर ढल्किँदै छ। सोच माथि सोच थपिदै छ। निन्द्रा राम्ररी लाग्दैन र एक दिन एक्कासी ऐनामा हेरेर भन्न थाल्छौ, थुक्क म धनी त भए तर धनको लोभले आज मलाई गरिब बनाई एक्लो छाडी दियो।

सबैलाई यस्तो हुँदैन किनकि धन कतिको महत्वपूर्ण छ भनेर तब थाहा पाइन्छ जब आवश्यक परेको क्षणमा तिम्रो हातमा हुँदैन। त्यसैले जीवनको हरेक पाइलामा योसँग जोडिएको कुरालाई हामीले आदर गर्न सिक्नु पर्छ। सबैको आफ्नै आफ्नै वित्तीय अवस्थासँगै बेग्ला बेग्लै विचार रहेका हुन्छन्।

जुन कुरा तिमीसँग छैन त्यही कुरा अरु कोहीसँग छ भन्दैमा त्यो खुसी छ। म दुःखी छु भन्न कदापि मिल्दैन। तिमी तिमी हौ। चाहे लाखौं कोसिस गरौं म तिमी हुन सक्दिनँ।

तिम्रो नक्कल गर्न सकुला तर तिम्रो आत्मालाई आफ्नो नियन्त्रणमा लिन सक्दिनँ। एक अर्का भन्दा कम अथवा बेसी हुने मन्च जसलाई अग्रेजीमा हामी प्लेटफर्म भन्ने गर्छौ। त्यो हामी आफैंले बनाको हो।

यथार्थमा भन्नु पर्दा भिन्नता नै हामी बीच रहेको समानता हो। अचेलको जमाना इन्टरनेटले सजिएको छ। मानिसहरू माया र दोस्ती भन्दा पनि वढी लाइक र कमेन्टको पछाडि लाग्ने गर्छन्।

फेसबुक र इनिष्टाग्राम जुन फोटो देख्दा वा लाग्छ नि वास्तविक जीवनमा त्यस्तो हुँदैन। राखिएका अनेकौं फिल्टरहरूले गर्दा आफ्नै आँखा माथि विश्वास लाग्न छोडिसक्यो।

कठै बरी बुबा आमाकाे अर्तिउपदेश सुन्न झर्को लाग्छ। तर कोही नचिन्ने मान्छेको भनाइलाई मनमै लिएर हामी आफ्नै रूप बदल्न तिर लाग्छौ र अन्ततमा त्यो अन्जानलाई याद पनि हुँदैन।

उसले के लेखेको थियो भनेर। जति डुव्यो त्यति गहिरो छ। त्यसको अध्ययन आखिरमा सदुपयोग गरेमा हामी सबैको भलो हुनेछ। त्यसैले सतहमै बसेर तैरिन सिकौं। जिन्दगीको अनगिन्ती मोडहरुमा केही व्यक्तिहरुसँग हाम्रो नाम जोडिने गर्दछ। भावनात्मक भएर उनीहरूसँग हामी धेरै वचनहरू साट्न पुग्छौं।

तर यति याद गर्न जरुरी छ, जसलाई मायाको सुख महसुस गर्ने आट छ, उसैलाई विछोडको पीडा खप्ने सहनशिलता उत्तिकै महत्त्वपूर्ण छ।

गल्ती तिमीबाट होस् या तिम्रो साथीबाट होस्, गल्ती गर्दैमा मानिस गलत कहिल्यै हुँदैन। तिम्रो चाहना भन्दा पनि ठुलो उसको खुसी हो। जन्म दिएकी आमाको त आफ्नो सन्तानमा पुरै हक हुँदैन भने तिमीले कसरी मेरो हो भन्न मिल्छ? भनिन्छ माया नै सबै भन्दा ठूलो कुरो हो। तर माया भन्दा पनि ठुलो हो मानवता।

अब उठ साथी हरेस खाएर के गर्नु? सपना देख्ने भित्त्तामा झुन्डिएर के मर्नु? दुश्मन रहेछन् मित्रहरू छाडी गए राम्रो भयो। यहाँ जसले जसलाई सम्झाइराछ त्यो दुबै रूप तिम्रै हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार