शुक्रबार, ४ मंसिर, २०८३

सुर्खेतमा ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

सुर्खेत प्रहरीले ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराक अनुसार मंगलबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोस्टमा गरिएको सवारीसाधन जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न चारवटा विद्युतीय गाडी रोकेर जाँच गर्ने क्रममा गाडीमा सवार व्यक्तिहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ अछामीडाँडा बस्ने ३३ वर्षीय प्रकाश सुनार, सोही स्थानका २६ वर्षीय मनबहादुर बादी, वीरेन्द्रनगर नगरपालिका–९ बस्ने १८ वर्षीय सुमन नेपाली र कालिकोटको नरहरिनाथ गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २० वर्षीय जितु बिष्ट रहेका छन्।

प्रहरीका अनुसार प्रकाश सुनारको साथबाट ३ ग्राम ८२० मिलिग्राम, मनबहादुर बादीको साथबाट १ ग्राम ५७० मिलिग्राम, सुमन नेपालीको साथबाट १ ग्राम १४० मिलिग्राम र जितु बिष्टको साथबाट २ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार