सोमबार, २६ आश्विन, २०८३

रसुवा बाढीपीडित परिवारलाई लाइट नेपालद्वारा राहत वितरण

​रसुवामा आएको बाढीका कारण आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई सामाजिक संस्था ‘लाइट नेपाल’ ले राहत सामग्री सहयोग गरेको छ।

​जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा आयोजित कार्यक्रममा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाले पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्।

वितरण गरिएका सामग्रीहरूमा प्रतिपरिवार एक सेट डसना, एक सेट कोरियन सिरक, एक कार्टुन खानेतेल र २५ केजी चामल समावेश छन्।

​राहत हस्तान्तरणका क्रममा लाइट नेपालका अध्यक्ष सुमन रावतले बाढीका कारण परिवारजन गुमाएका तथा बेपत्ता भएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

विपद्को यस कठिन घडीमा संस्था प्रभावित परिवारको साथमा उभिएको उल्लेख गर्दै उनले यो दुःख कुनै एक परिवारको मात्र नभई सम्पूर्ण समाजको साझा पीडा भएको बताए।

​’विपद्ले भविष्य, खुसी र सम्झनाहरू बगाएको भए पनि तपाईंहरूको आँसु र पीडामा हामी सँगै छौं,’ अध्यक्ष रावतले भने, ‘यो सानो सहयोगले पीडा पूर्ण रूपमा मेट्न नसके पनि तपाईंहरू एक्लो हुनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं। हामी मिलेर फेरि नयाँ सुरुवात गर्नेछौं।’

​लाइट नेपालले बाढीपीडित परिवारको घाउमा मलम लगाउन र पुनर्स्थापनामा सघाउ पुर्‍याउन आगामी दिनमा पनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार