शनिबार, १० आश्विन, २०८३

हिमपातपछि सम्पर्कविहीन भनिएका भेडीगोठाला सकुशल, ५०० बढी भेडाको अवस्था अज्ञात

जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गैरीगुम पानसय पाटन क्षेत्रमा बाक्लो हिमपातपछि सम्पर्कविहीन भनिएका भेडीगोठाका मानिसहरू सकुशल रहेको जानकारी आएको छ।

भेडीगोठाका आफन्त भैरबहादुर धरालाका अनुसार शुक्रबार दिउँसो ४ः२५ बजे भेडीगोठा बृष धरालाले मोबाइलमार्फत सम्पर्क गरी आफूहरूसहित सबै गोठाला धतौडामा सुरक्षित रहेको जानकारी दिएका हुन्। तर लगातार हिमपात भइरहेकाले गोठमा रहेका ५०० भन्दा बढी भेडाको अवस्था भने अझै थाहा हुन सकेको छैन।

तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार भेडीगोठाको अवस्था बुझ्न तथा आवश्यक उद्धारका लागि जुम्ला सदरमुकामबाट नेपाल प्रहरी विपद् व्यवस्थापन टोलीका प्र.स.नि. कालीबहादुर महतको नेतृत्वमा सात सुरक्षाकर्मी र एक नगर प्रहरीसहित आठ जनाको टोली पाटनतर्फ गएको छ।

भेडीगोठाका आफन्त चन्दननाथ–८ का अंकुस रावत, अमृत बोहरालगायतको टोली पनि उद्धार तथा खोजीका लागि सँगै गएको छ। साँझ परिसकेकाले उद्धार टोली फुलचुल्या पाटस्थित धर्मशालामा बसेको र शनिबार बिहान ९ बजेसम्म गैरीगुम पाटनमा रहेका भेडीगोठसम्म पुग्ने तयारी रहेको वडाध्यक्ष रोकायाले बताए।

उद्धार टोलीमा सहभागी प्रहरी जवान बल धरालासँग सम्पर्क गर्दा उक्त जानकारी प्राप्त भएको वडाध्यक्ष रोकायाले बताए। उनका अनुसार अहिले गोठाला सुरक्षित रहे पनि हिमपातका कारण ५०० भन्दा बढी भेडाको अवस्थाबारे जानकारी नहुँदा टोलीले भेडाहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार