कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ। मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रेक्टरमा धर्म सुबेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, निर्देशकमा विनम्र बिष्ट र डिनमा सन्दीप श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रालय स्रोतले चारै जनाको नियुक्ति भएको जानकारी दिएको हो। नियुक्तिबारे मन्त्रालयको औपचारिक निर्णय तथा सूचना सार्वजनिक हुन बाँकी रहेको छ।
















