आईतवार, ९ कार्तिक, २०८३

रसुवा बाढीपहिरो पीडितका लागि पातारासी–६ र ७ बाट राहत

रसुवामा गएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि राहत सहयोग जुटाउने अभियानअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–६ र ७ का वडा कार्यालयमा राहत उपलब्ध गराउन माग गरिएको छ । युवा समाजसेवी तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत हस्तबहादुर बुढाको नेतृत्वमा गएको टोलीले दुवै वडा कार्यालयमा पुगेर राहत सहयोगका लागि आवश्यक कागजात तथा प्रभावित परिवारसम्बन्धी विवरण बुझाएको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ। मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रेक्टरमा धर्म सुबेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, निर्देशकमा विनम्र बिष्ट र डिनमा सन्दीप श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रालय स्रोतले चारै जनाको नियुक्ति भएको जानकारी दिएको हो। नियुक्तिबारे मन्त्रालयको औपचारिक निर्णय तथा सूचना सार्वजनिक हुन बाँकी रहेको छ।

तिलाका ४८ जनालाई सीपमूलक तालिम दिइँदै

१० दिने सीपमूलक तालिम कुल २२ लाख ९२ हजार २१० रुपैयाँको लागतमा सञ्चालन भइरहेको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना ढाँचाअन्तर्गत जुम्ला खलंगामा १० दिने सीपमूलक तालिम सुरु भएको छ। तालिममा तिला गाउँपालिकाका ४८ जना सहभागीले विभिन्न चार विधामा सीप सिक्नेछन्। तिला गाउँपालिकाकी उपाध्यक्ष गोरिकला बुढाले तालिममा सिकेका सीपलाई […]

बालेन सरकार : न फाइल खुल्यो, न निर्णय उल्टियो

जेनजी विद्रोहपछि ठूलो जनमतसहित बनेको बालेन सरकारको छ महिना पुग्न लाग्दा पनि भ्रष्टाचारका फाइल खोल्ने, विगतका मन्त्रिपरिषद्का विवादास्पद निर्णय उल्ट्याउने र व्यक्तिको कब्जामा पुगेका सरकारी सम्पत्ति फिर्ता ल्याउने काम अघि बढ्न सकेको छैन। यातायात सिण्डिकेटदेखि सरकारी जग्गा हिनामिना र सार्वजनिक सम्पत्ति दुरुपयोगसम्मका विषयमा सरकार मौन रहँदा जनअपेक्षामाथि गम्भीर प्रश्न उठेको छ। भदौ २३ र २४ […]

ताजा समाचार