जहाँ आकाश झुक्छ धर्ती छुन
सगरमाथा बादलभन्दा माथी उठ्छ
जहाँ नेपाली सास फेर्छ पबित्र
उपत्यका कुहिरोले ढाकिएको छ।
बागमती बग्छ पशुपतिनाथसँगै
धुपको धुवाँ देवतातिर उड्छ
तिर्थ यात्री हिड्छन भक्तिभाव बाेकेर
पत्थरका पुलहरु पार गर्दै ।
पोखरामा फेवा तालको छायाँ
ती हिमालको प्रतिबिम्ब तालमा देखिन्छ
माछापुच्छ्रेको हिउँले ढाकिएको शिखर
आकास र धर्ती मौनता त्यहाँ मिलेर बस्छन् ।
शेर्पाको पाइला हिउँमा देखिन्छ
बसन्तमा डाँडाकाँडामा लालीगुराँस फुल्छ
याकका धण्टिको मिठो धुन
पहाड्का कुनाकन्धरामा गुन्जिन्छ ।
हाम्रो महाकवि लक्ष्मी प्रसाद देवकोटाले
भने झै के नेपाल सानो छ ?
म पनि त्यहीँ पाउछु सुन्दर शान्त विशाल
बुद्ध,सीता र जनक जन्मे हाम्रो देशमा ।
( भाेजपुर , दल गाउँका युवा , उदयमान कवि अशोक राई साहित्यलाई असाध्यै माया गर्ने कवि हुन् । अक्सर कवि राई मातृ प्रेम , राष्ट्र प्रेममा कलम चलाउने गर्छन् । कवि राई हाल राेमानिया युरोपमा कार्यरत छन् )
















