आईतवार, २१ असार, २०८३

सुनमाया बुढालाई नेपाली कांग्रेसको बधाई

इटालीको कोर्टिना द’आम्पेज्जोमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लाभारेडो अल्ट्रा ट्रेल १२० किलोमिटर’ प्रतियोगितामा नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले ऐतिहासिक सफलता हासिल गरेकी छन्।

बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै नयाँ मार्ग कीर्तिमान कायम गरी प्रतियोगिताको उपाधि जित्न सफल भएकी हुन्।

अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनले नेपालको खेलकुद क्षेत्रलाई विश्वमाझ थप गौरवान्वित बनाएको छ।

यस ऐतिहासिक उपलब्धिप्रति नेपाली कांग्रेसले हार्दिक बधाई तथा सम्मान व्यक्त गरेको छ। पार्टीले सुनमाया बुढाको सफलता सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा यस्तै उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम अझ उच्च बनाउन सफलताको शुभकामना व्यक्त गरेको छ।

सुनमाया बुढाको यो सफलता नेपाली खेलकुद इतिहासका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको विजयले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार