बजार सुनसान, अर्थतन्त्र संकटग्रस्तः पाँच सय र हजारको नोट सरकार लगाउँदैन प्रतिबन्ध !

अर्थमन्त्री पनि पटकपटक फेरिसके । तर, जनताका माग कसैले सम्बोधन गरेनन् । सरकारले सुनेपनि नसुनेझैं गरिरहेको छ । जसका कारण आज मुलुककै अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको छ । सहकारी, लघुवित्त, फाइनान्स सबै डुबिसके । बैंकमा पनि समस्या देखिसक्यो । पाँच वर्षदेखि बजारमा पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने आवाज कायमै छ । सर्वसाधारणदेखि व्यापारीसम्म […]
राति पनि फोन गरेर बैंकले दिँदै दबाब, ऋणीलाई तनाव !

जसका कारण बैंकको ऋण तिर्न सकेको अवस्था छैन । पैसा नभएपछि उनीहरु बैंकको अगाडि आत्मसमर्पण गर्न बाध्य छन् । बैंकले जे जे भन्यो, त्यहीँ त्यहीँ गरिरहेका छन् । सार्वजनिक बिदाको दिन बैंक तथा वित्तिय संस्था पनि बन्द रहने व्यवस्था छ । बैंक तथा वित्तिय संस्थाको कार्यालय समय १० देखि ५ बजेसम्म हो । त्यो अवधिमा […]
हिमामा सम्पन्न भयो दोस्रो वृहत् वास सम्मेलन

सम्मेलनलाई सम्बोधन गर्दै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले वास कार्यक्रमले खानेपानी र सरसफाइलाई मानव जीवनको सबैभन्दा प्राथमिक आवश्यकताका रूपमा व्याख्या गरे। विकास भनेको केवल चिल्ला सडक, ठूला भवन र भौतिक पूर्वाधार मात्र होइनन्; विकासको वास्तविक जग त नागरिकको सुख, सुस्वास्थ्य र मानवीय मर्यादामा अडिएको हुन्छ। यही यथार्थलाई आत्मसात् गर्दै विकट हिमाली जिल्ला जुम्लाको हिमा […]
सुनमाया बुढालाई नेपाली कांग्रेसको बधाई

इटालीको कोर्टिना द’आम्पेज्जोमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लाभारेडो अल्ट्रा ट्रेल १२० किलोमिटर’ प्रतियोगितामा नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले ऐतिहासिक सफलता हासिल गरेकी छन्। बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै नयाँ मार्ग कीर्तिमान कायम गरी प्रतियोगिताको उपाधि जित्न सफल भएकी हुन्। अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनले नेपालको […]



