बुधबार, १७ असार, २०८३

एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल फेला, अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा

जुम्लाको तिला गाउँपालिका–१ रारालिही बजारस्थित नाग्म–जुम्ला सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा एउटै नम्बर प्लेट प्रयोग गरिएका दुईवटा मोटरसाइकल फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार बिहान करिब ८:३० बजे प्रहरी चौकी रारालिही र अस्थायी ट्राफिक प्रहरी पोष्ट रारालिहीबाट खटिएको संयुक्त टोलीले सवारी साधन जाँच गर्ने क्रममा नाग्मबाट जुम्लातर्फ आउँदै गरेका टिभिएस १५० सिसी र टिभिएस १६० सिसी मोटरसाइकलमा क १ प ८२३ नम्बर प्लेट प्रयोग गरिएको भेटिएको ट्राफिक प्रहरी इन्चार्ज जगत बहादुर कठायतले बताए।

उनका अनुसार प्रहरीले यातायात व्यवस्था सेवा कार्यालय जुम्लाबाट विवरण (ब्लुबुक) परीक्षण गर्दा टिभिएस १५० सिसी मोटरसाइकल तिला गाउँपालिका–६ निवासी ३३ वर्षीय जंग रोकायाको नाममा दर्ता रहेको पुष्टि भएको जनाएको छ। सम्बन्धित मोटरसाइकल धनीलाई आवश्यक सोधपुछका लागि बोलाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा टिभिएस १६० सिसी मोटरसाइकलको अभिलेख यातायात व्यवस्था सेवा कार्यालय जुम्लाको रेकर्डमा समेत नभेटिएको प्रहरीले जनाएको छ। साथै उक्त मोटरसाइकलमा टिभिएस १५० सिसी मोटरसाइकलकै इन्जिन र चेसिस नम्बर प्रयोग गरिएको देखिएको प्रहरीको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार