सोमबार, ४ जेष्ठ, २०८३

६५ ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह

राष्ट्रिय प्रजातान्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशमा चर्चित ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सरकार र केपी ओलीलाई दबाब दिन सबै नेपालीलाई आफ्नो सन्देश व्यापक रूपमा सेयर गर्न अपिल गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न वर्तमान सरकारलाई सचेत गराउन आवश्यक रहेको बताएका हुन्। शाहीले वर्तमान सरकारले देशमा विगतदेखि चर्चामा रहेका सबै प्रमुख भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विश्वास व्यक्त गरेका छन्।

उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद काण्ड, ३३ किलो सुन काण्ड, सहकारी घोटाला, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, एनसेल कर विवाद, भैरहवा र पोखरा विमानस्थल ऋण तथा ठेक्का विवादलगायत ६५ वटा चर्चित प्रकरणको सूची सार्वजनिक गरेका छन्।

उनले भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरकारलाई राजनीतिक प्रभाव र दबाबभन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन्। शाहीका अनुसार, देशमा सुशासन स्थापना गर्न र नागरिकको राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न ठूला भ्रष्टाचार काण्डमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कडा कारबाही अपरिहार्य छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार