बुधबार, २३ बैशाख, २०८३

तिला गाउँपालिकामा कृषकका लागि तीनदिने तालिम

तिला गाउँपालिकामा कृषकहरूको ज्ञान र सीप बढाउने उद्देश्यले बगैंचा व्यवस्थापन तथा कृषि सामग्री प्रयोगसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको यो तालिम वैशाख २२ गतेदेखि सुरु भई लगातार तीन दिनसम्म चल्नेछ।

तालिमको मुख्य उद्देश्य कृषि उत्पादनलाई व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउनु रहेको कृषि शाखा प्रमुख राजेश विश्वकर्माले जानकारी दिए। 

उनका अनुसार तालिममा गाउँपालिकाका १ देखि ९ वडासम्मका कुल १३५ जना कृषक सहभागी हुनेछन्। दैनिक ४५ जनाका दरले तालिम सञ्चालन गरिने र सहभागी कृषकलाई आवश्यक कृषि औजारसमेत वितरण गरिने व्यवस्था गरिएको छ।

‘तालिममा सहभागी कृषकलाई बिउ छनोट गर्ने तरिका, बिउ संरक्षण, स्याउ बगैंचामा मल व्यवस्थापन, कृषि सामग्रीको सही प्रयोग तथा वितरण प्रणालीबारे जानकारी दिइएको छ,’ उनले भने, ‘यसले कृषकलाई व्यवहारिक ज्ञान दिनुका साथै उत्पादन बढाउन मद्दत गर्ने अपेक्षा गरेका छौं।’

कार्यक्रमकी सभाध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष गोरिकला बुढाले स्थानीय उत्पादन वृद्धि गर्न गुणस्तरीय बिउ व्यवस्थापन आवश्यक रहेको बताइन्। 

कृषकहरूले पालिकाबाट पाउने सेवा सुविधामा कुनै कमी नरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने उनको भनाइ छ। साथै, तालिममार्फत सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न उनले कृषकलाई आग्रह गरिन्।

स्थानीय किसानहरू पनि तालिमप्रति उत्साहित देखिएका छन्। उनीहरूले यस प्रकारको तालिमले नयाँ तरिका सिक्न र उत्पादन बढाउन सहयोग पुग्ने बताएका छन्।

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसबाट किसानहरूको आयस्तर बढ्ने र गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार