आईतवार, १० श्रावण, २०८३

संयोगले बाँचेका अनुराधा र गोरबहादुर

उनले विकट क्षेत्र र जुम्लाका बिरामीप्रति विशेष चासो दिई सेवा गर्दै आइरहेका छन्। संगयोले बाँचेका अनुराधारका आफन्तहरु र गोर बहादुर डाक्टरमा भगवान्को रुप देखिरहेका छन्। आइसीयूमा रहेका गोरबहादुरले भने, ‘भगवान् यस्तै रुपमा देखिने रहेछन्।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात वर्षीया बालिका अनुराधा नेपाली र पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहोराको जटिल न्युरोसर्जरी सफलतापूर्वक सम्पन्न गरिएको छ। […]

काठमाडौंका डेन्टल क्लिनिकमा गम्भीर अनियमितता, दुईवटालाई बन्द गर्न सिफारिस

नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा गम्भीर अनियमितता फेला पारेको छ। काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल, डा. सारिका गोईत, डा. निना राई, डा. योविन कुमार यादव तथा विज्ञ सदस्यहरू डा. भुमेश काफ्ले र डा. हरी वली सम्मिलित टोलीले बिहीबार बिहान ११ बजेदेखि रामहिटी–जोरपाटी क्षेत्रका चार डेन्टल क्लिनिकको निरीक्षण गरेको […]

हजार जना दौडिने सातौं जुम्ला रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा

हिमाली भूगोललाई खेल र पर्यटनसँग जोड्ने लक्ष्यसहित “र’जुम्ला–रारा अल्ट्रा म्याराथन’को सातौं संस्करण हुने तयारी पूरा भएको छ। आगामी बैशाख २६ गते हुने यो प्रतियोगिताले जुम्लालाई अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ। कर्णाली स्पोर्ट्स क्लब जुम्लाको आयोजनामा हुने यस म्याराथनमा यस वर्ष करिब १००० जना सहभागी हुने भएका छन्। आयोजकका अनुसार ५१ […]

तिला गाउँपालिकामा कृषकका लागि तीनदिने तालिम

तिला गाउँपालिकामा कृषकहरूको ज्ञान र सीप बढाउने उद्देश्यले बगैंचा व्यवस्थापन तथा कृषि सामग्री प्रयोगसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको यो तालिम वैशाख २२ गतेदेखि सुरु भई लगातार तीन दिनसम्म चल्नेछ। तालिमको मुख्य उद्देश्य कृषि उत्पादनलाई व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउनु रहेको कृषि शाखा प्रमुख राजेश विश्वकर्माले जानकारी दिए।  उनका अनुसार […]

आदर्श विक्रम सिंह ‘युथ आइकन’बाट सम्मानित

दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली युथ आइकन’बाट सम्मानित भएका छन्। सुर्खेतमा आयोजित ‘कर्णाली युथ फेस्टिभल’मा उनलाई यो सम्मान प्रदान गरिएको हो। सामान्य गाउँबाट सुरु भएको उनको यात्रा आज कर्णालीका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सानैदेखि अध्ययनशील र सेवाभावी स्वभावका सिंहले विद्यालयदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै उच्च अध्ययनका […]

ताजा समाचार