बुधबार, २३ बैशाख, २०८३

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको वागमती प्रदेश अधिवेशन सम्पन्न

हाम्रो गौरव हाम्रो शान, कला सांस्कृतिकको संरक्षण हाम्रो अभियन भन्ने मुल नाराका साथ आज नेपाली कला सांस्कृतिक प्रतिष्ठानको प्रथम बागमती प्रदेश अधिवेसन भब्यताका साथ सम्पन्न गरिएको छ। नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्धारा आयोजित उक्त अधिबेसनमा सहभागी प्रमुख अथिति कलाकारहरुले सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रथम अधिविसनमा बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लोक गायक बमबहादुर कार्कीले अधिवेशन सफलताको शुभकामना दिएका छन्।

‘मलाई असाध्यै गौरव लाग्यो यो प्रतिष्ठान अघि बढेको देख्दा,’ कार्कीले भने, ‘देशको कला सांसकृति जर्गेना गर्न यस प्रतिष्ठानले भूमिका खेल्न आवश्यक छ। हामी त्यसै बहकिनु हुन्न आफनो पहिचान सहित बहकिनु पर्छ कार्कीले बताउनु भयो।’

लोक गायक कार्कीले थपे, ‘नेपाली कला सांस्कृतिक प्रतिष्ठानले सात वटै प्रदेशमा तर्दस समिति गठन गरेर कला सांस्कृतिलाई अघि बढाएको देख्न म यस प्रति खुशी भएको छु। हाम्रो जस्तो मिठो सांस्कृति अन्य कुनै देशमा छैन उनले भने अनेक भान्सा अनेक भेषभूषाले भरिपूर्ण छ।’

नेपाली गीत संगीतलाई महत्व दिएर संरक्षण गर्ने उदेश्यका साथ यो नेपाली कला सांस्कृतिक प्रतिष्ठान जन्मिएको प्रतिष्ठानका अध्यक्ष पदमबहादुर रोकायाले बताए। श्रष्टा श्रृजनाको उत्पादन र कलाकारहरुको सम्मान गर्न यस प्रतिष्ठानको महत्व भूमिका रहेको रोकायाको भनाई छ।

उनले भने, ‘०८१ सालमा स्थापना भएको यस प्रतिष्ठानले छोटो समयमा सात वटै प्रदेशमा तर्दस समिति गठन गरि काम काज अघि बढाइसकेको छ।’

गीत संगीत कला साहित्य क्षेत्रलाई संरक्षण गर्न यो नेपाली कला सांस्कृतिक नेपाली कला सांस्कृतिक प्रतिष्ठानको गठन भएको प्रतिष्ठानका उपाध्यक्ष महेन्द्र मल्लले बताए। दुर्गम क्षेत्रमा ओझेलमा परेका कला सांस्कृतिलाई उजार गर्न यसले महत्त्वपूर्ण कार्य गर्ने उनको भनाई छ।

‘धेरैलाई आफ्नो संस्कृतिको मोह लाग्छ,’ मल्लले भने, ‘यस प्रतिष्ठानले कला सांस्कृतिकको संरक्षण संगै कलाकारहरुलाई भेटघाट जमगट गर्ने थलोको रुपमा पनि रहेको छ।’

कार्यक्रममा देउडा गायक मुगुका जयसिह कुमाइले तिला कर्णाली अ मेरो रैवार शहर लैजा, कठै राजधानी अ कहिले जालाई कर्णालीमा भनेर मिठो देउडा गीत सुनाए। सोही कार्यक्रममा सहभागी अन्य कलाकारहरुले पनि गीत गाएका थिए।

कार्यक्रममा प्रमुख अतिथिबाट नयाँ चयन गरिएको नेतृत्वलाई प्रमाण पत्र उपलब्ध गराइएको थियोे भने अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार