शनिबार, १९ बैशाख, २०८३

बिपन्न विद्यार्थीका लागि अमर विष्ट बने सहारा

जुम्लाको पातारासी गाउँपालिकाका युवा समाजसेवी अमर विष्टले दुई सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन्।

उनले तिला गाउँपालिका–१ रारा गाउँस्थित महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ हियाँखोलास्थित कालिका आधारभूत विद्यालयका १०९ जना विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण गरिएको हो।

विदेशमा कमाएको रकम बचत गरी विपन्न विद्यार्थीलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको विष्टले बताए।

अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर भएकाले पठनपाठनमा समस्या झेल्नुपरेको भन्दै उनले एक महिना अघि शैक्षिक सामग्री पनि सहयोग गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाका अनुसार पोशाकले विद्यार्थीबीच एकरूपता ल्याउनुका साथै विद्यालय उपस्थितिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

वडाध्यक्ष जंगबहादुर बस्नेतले सीमित बजेटका बाबजुद शैक्षिक सुधारका लागि यस्ता पहल महत्त्वपूर्ण हुने बताए। उनले शिक्षामा लगानी बढे मात्रै समुन्नत समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार