कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक तथा स्थानीय समुदायको सक्रिय सहभागितामा जुगाडा खोलामा प्रत्येक शनिबार सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ।
अभियानअन्तर्गत खोलामा थुप्रिएको फोहोर संकलन तथा व्यवस्थापन गरी वातावरण सफा राख्ने प्रयास भइरहेको छ।
अभियानमा डा. रोबिन खापुङ, डा. निर्मल थापा डा. रामचन्द्र पन्ती डा. मुकेश जैशवल दा.प्रशंसा ताम्राकार डा. अनुराधा प्रधान डा. अपिल अधिकारी डा. दिपक चौधरी डा.कोहिनो श्रेष्ठ मनिष रोकाय र उपेन्द्र बुढथापा लगायतको टोली सक्रिय रूपमा संलग्न छ।
जनस्वास्थ्यकर्मी मनिश रोकायका अनुसार समुदाय स्थरको फोहोर ब्यबस्थापन गर्नका लागी घरमै फोहोर छुट्ट्याउने कम्पोस्ट बनाउने कपडाका झोला प्रयोग गरेर प्लास्टिक फ़ोहोर घटाउने समुदायमा सरसफाइ रुप फोहोर ब्यबस्थापन बारे जनचेतना फैलाउने र जथाभावी फोहोर फाल्नेलाई जरिवाना साथै सबैले नियम पालना गर्नुपर्ने ब्यबस्था ल्याउनु पर्ने बताउनु भयो
उनीहरूका अनुसार सरसफाइ अभियानले समुदायमा सकारात्मक सन्देश फैलाएको छ भने अब घरघरमै फोहोर व्यवस्थापन सुरु गर्नु आवश्यक रहेको बताएका छन्।
जैविक, अजैविक र हानिकारक फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन, पुनःप्रयोग र पुनर्चक्रणलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
















