शुक्रबार, १८ बैशाख, २०८३

रोल्पाको जलजला जिप दुर्घटनामा मृतकको संख्या २० पुग्यो 

 

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा कम्तीमा २० जनाको मृत्यु भएको हो । 

थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको हो । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट आउँदै थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार उद्धार कार्य जारी रहेको छ । अहिले उवा र थबाङ प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि खटिएको उनले कान्तिपुरलाई जानकारी दिए । 

पानी परेकाले पनि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार