आईतवार, १३ बैशाख, २०८३

प्रथम स्ववियु कपको उपाधि पातारासीलाई

प्रथम स्ववियु कप भलिबल प्रतियोगिताको उपाधि पातारासी गाउँपालिकाले उचालेको छ। 

शनिबार सम्पन्न फाइनल खेलमा पातारासीले तातोपानी गाउँपालिकालाई पराजित गर्दै ट्रफी उचालेको हो। 

oplus_2

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्ततः पातारासी विजयी बन्न सफल भयो।

विजेता पातारासी टिमले १ लाख १ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

त्यस्तै उपविजेता तातोपानीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। 

स्ववियु सभापति लोकेन्द्र बहादुर बुढाले खेल सफलतापूर्वक सम्पन्न भएको बताए।

उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन जुम्लाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाभरिका ९ टिमको सहभागिता रहेको थियो। 

प्रतियोगिता अवधिभर खेलहरू रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका थिए। 

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार