आईतवार, १३ बैशाख, २०८३

जुगाड खोला सरसफाई अभियान तिब्र

जुम्लाको सदरमुकाम क्षेत्रमा सञ्चालन भइरहेको नदी सफाई अभियानले सामाजिक एकता र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ। युवाहरूले सुरु गरेको यो अभियानमा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू पनि सक्रिय रूपमा जोडिएका छन्। हरेक शनिबार सञ्चालन हुने जुगाड खोला सफाई अभियान तेस्रो हप्तामा पनि निरन्तरता पाएको छ।

बैशाख १२ गते बिहान सम्पन्न अभियानमा करिब ४० जना सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। केही समयअघि कार्यसमयसम्बन्धी विवादका कारण आमनेसामने भएका यी दुई समूह शनिबार भने एउटै लक्ष्यका साथ सहकार्यमा उत्रिएको दृश्य निकै प्रेरणादायी बनेको छ।

अभियन्ता उपेन्द्र बुढ्थापाले आफ्नो सहरलाई स्वर्गझैँ सफा राख्न सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै सरकारी निकायप्रति जनस्तरको निगरानी निरन्तर रहने धारणा राखे। यस्तै, प्राध्यापक तथा लेखक डा. दीर्घराज जोशीले नैतिक जिम्मेवारीको भावले समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै विद्यार्थीबाटै समाजले सिक्ने अवस्था सिर्जना हुनुपर्ने बताए।

सफाई अभियान सम्पन्न भएपछि सहभागीहरूले युवा अभियन्ता टंक बुढ्थापाको जन्मदिन पनि मनाएका थिए। यसले अभियानलाई केवल सरसफाइमा सीमित नराखी सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा समेत स्थापित गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार