मुगु सोरु गाउँपालिका —९ कालै बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमि सरिता कुमारी शाहीलाई नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरिएको छ । हिजो शुक्रबार काठमाडौं राष्ट्रिय नाचघर सभाहलमा सिजन मिडियाद्धारा आयोजित नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले अनिम सरितालाई नेशनल सोसल वेलफेयर अवार्ड २०२५ सहित सम्मान पत्र प्रदान गरेका छन् ।
बिगत लामो समय देखि कर्णाली प्रदेशको मुगुको दुर्गम गाउँमा रहेर स्वास्थ्य क्षेत्रमा सक्रिय रहि गर्भवती महिलाहरुको प्रसुती सेवा तथा स्थानीय जनताको प्राथमिक उपचारमा यहाँले पुर्याएको सहयोग र योगदान समाजमा सकरात्मक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको हुँदा अनमी सरितालाई यो नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरिएको आयोजक सिजन मिडियाले बताएको छ ।
बिभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने बिशिष्ट व्यक्तिलाई यो सिजन मिडियाले बिगत १७ वर्ष देखि यो नेशनल सोसल वेलफेयर अवार्ड प्रदान प्रदान गर्दै आएको सिजन मिडियाका अध्यक्ष प्रदिपराज पन्तले बताए । यो पटक पनि बिभिन्न क्षेत्रमा योगदान पुर्याउने १७ जनालाई यो अवार्ड उपलब्ध गराइएको उनको भनाई छ ।
यो नेशनल सोसल वेलफेयर अवार्डले प्राप्त गर्नु हुने सबै ब्यक्तिलाई धन्यबाद छ, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले भने सिजन मिडियाले उहाको मिहिनेत परिश्रम र दक्षताको कदर गरेको छ ।
यस अवाईबाट सम्मानित हुने अनमी सरिता लगायत सबै ब्यक्तिको मनबल उच्च भएको उहाँको भनाई छ । नेशनल सोसल वेलफेयर अवार्ड प्राप्त गरेकी अनमि सरितालाई पूर्ववन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पनि बधाई दिएका छ । शाहीले बधाई दिदै भने ल हजुर उकालो ओरालो गर्दै पसिना चुहार गर्भवती सुत्केरी महिलालाई दिएको सेवाको राम्रो सम्मान भयो
यसरी पाइन सरिताले अवार्ड
मुगु जिल्लाको सोरु गाउँपालिका स्थित सोरु गाउँपालिका—४ की सिनियर अनमी सरिता कुमारी शाही गरिव तथा विपन्न वर्गका सुत्केरी महिलाको सेवामा समर्पित छिन् ।
भौगोलिक विकट र यातायातको पहुँच नभएको दुर्गम बस्तीमा उनलाई सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि साथीहरु संग परामर्श र समस्याको समाधन गर्दै उनी दुर्गमका जोखिम गर्भवती महिलाको ज्यान बचाउन खटिएकी छन् ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको आर्थिक सहयोगमा निर्माण गरिएको मुगुको बिकट सिप गाउ“को बर्थिङ सेन्टरमा कार्यरत सरिता जोखिम सुत्केरी आमा र बच्चाको ज्यान बचाउन रातदिन सेवामा खटिरहिन । उनी ६ वर्ष सम्म उक्त सीप बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरी आमा र शिशुको स्याहार सुशारमा निरन्तर जुटेकी छन् ।
हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसुती सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।
साधन श्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न अहोरात्र खटिरहिन । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्य प्रति त्यहाँका महिलाहरुले उनलाई निकै प्रशंसा गर्ने गरेका छन् ।
सिप गाउँकी वडासदस्य गोबिन्दा बिष्टले भनिन् ‘सरिता मेडम हाम्री भगवान हुन । यहाँकी गर्भवती आमा, दिदी बहिनीलाई धेरै निकै सेवा दिइएकी छन । रातदिनको उहाको सेवाले हामी पिडित महिला खुशी छौं ।’
पहिले यहाँ अकालमा सुत्केरीले ज्यान जाने गथ्र्यो अहिले सरिता मेडम आमा र बच्चाको ज्यान बचाई दिएकी छन । स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी उपलब्ध भएको स्थानीय महिलाको भनाई छ ।
सेवामा कार्यरत ६ वर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच गरेको सरिताले बताइन ।
‘प्रसुती सेवा केन्द्र बाट करिव ६ सय जना सुत्केरी महिलालाई चार पटक स्वास्थ्य चेकजाँच गरेकी छु,’ उनले भनिन्। सिमित प्रसुती गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर बिकट गाउँबस्तीमा पुगेर सरिताले महिलाहरुलाई प्रसुती सेवा बारेमा जनचेतना अभिबृद्धि कार्यमा उनको योगदान रहेको छ ।
घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ प्रसुतीगृहमा जादा ज्यान सुरक्षित हुन्छ भनेर उनले महिलालाई जनचेतना अभिवृद्धि गराएकी छन् ।
विद्यालय स्वास्थ्य कार्यक्रम अन्त्र्रगत बिद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेता घरदैलो भेटघाट कार्यक्रम गरेर उनी महिलाको समस्या समधान गर्न लागेकी छन् ।
गाउँमै सुरक्षित सुत्केरी हुन पाउदा तिनी महिलाहरु उनी प्रति निकै खुशी छन । पहिले त्यहाँ प्रसुती सेवा केन्द्र नहुदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनु पर्ने कि त एक दिन टाढा जिल्ला अस्पताल ठिनी पुग्नु पर्ने अबस्था थियो ।
यहाँ प्रसुती केन्द्र बनेर सरिता मेडम आए देखि गर्भवती महिलालाई धेरै राहात भयो आमा र शिशुको ज्यान बच्यो सिप गाउँकी स्थानीय महिला ओमप्यारी बुमी डबलले बताउनु भयो । उहाँ करिव ६ वर्ष जिमा सिप बर्थिङ सेन्टरमा बसेर सुत्केरी महिलाहरुलाई सेवा दिइन उनको भनाई रहेको छ । सरिताको प्रभावकारी सेवाप्रबाहले गर्दा गत कार्तिक महिना संस्थाको नियम अनुसार उनलाई कालै बर्थिङ सेन्टरमा खटाएको छ ।
पिठ्यूमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरीको सेवा प्रति सरिता समर्पित छन । कालैमा आए देखि उनले १० जना महिलालाई सुत्केरी गराइ सकेकी छन । कालै, खनाया, सिडडी गाउँका गर्भवती महिला सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन् ।
पहिले करिव ७५ प्रतिशत भन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउछन सरिताले बताइन । गर्भ चेकजाँच गर्न पनि महिला आउने गरेको उनको भनाई छ ।
दुर्गममा अनेक कठिनाईका बाबजुद सुत्केरीलाई सेवा दिइरहेको सरिताले भनिन्, ‘टाढा टाढा गाउँबाट राति सुत्केरी हुन आउछन उठेर सेवा दिनु परेको छ । अहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून छ ।’
गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ कालै गाउ“की एक स्थानीय महिला पार्वती बुढायोगी भनिन्, ‘उहाँको सेवाले गर्दा यहाँका महिला उनलाई भगवान जस्तै मान्ने गरेका छन् ।’
बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले यातायात खर्च बाफत ३ हजार, प्रोत्साहन बाफत ८ सय र प्रदेश कोसेली बाफत २ हजार ५ सय रुपैयाँ पाउने गरेको सरिताको भनाई छ । उनका अनुसार यो सुविधाले गर्दा पनि बिकट गाउँघरका गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन् ।
मुगुको कालै, सिपजस्ता दुर्गम ठाउँमा बसेर सुत्केरी महिलालाई सेवाप्रबाह गर्न सहज छैन सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उनले पुर्याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई राम्रो मद्दत पुगेको छ । उनले भने, ‘उहाँ अनमी मध्ये एक मिहिनेती र इमानदारीमा पर्नुहुन्छ ।’
















