शुक्रबार, १३ चैत्र, २०८२

कनकासुन्दरी मन्दिरको दान पेटीकाबाट २० हजार बढी रकम संकलन

कनका सुन्दरी मन्दिर (गडि माई) मा दान पेटीकामार्फत २० हजार ४८० रुपैयाँ संकलन भएको छ। मिति २०८२ चैत १२ गते सार्वजनिक गरिएको विवरणअनुसार बडा दशैंदेखि चैते दशैंसम्मको अवधिमा उक्त रकम संकलन भएको हो।

मन्दिर व्यवस्थापन समितिका अनुसार सो अवधिमा भक्तजनहरूबाट प्राप्त दानलाई पारदर्शी रूपमा दान पेटीमा जम्मा गरिएको थियो। दान पेटी खोल्ने तथा रकम गणना गर्ने क्रममा मन्दिर व्यवस्थापन समिति, स्वयंसेवक, पुजारी, सुरक्षा कर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

समितिका पदाधिकारीहरूले भक्तजनहरूको आस्था र विश्वासकै कारण उल्लेख्य रकम संकलन भएको बताएका छन्। संकलित रकम मन्दिरको संरक्षण, नियमित रखरखाव तथा विभिन्न धार्मिक गतिविधिमा खर्च गरिने जनाइएको छ।

मन्दिर व्यवस्थापन समितिले दान संकलन प्रक्रियालाई अझ व्यवस्थित, नियमित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै स्थानीयवासीहरूले पनि मन्दिरको विकास र संरक्षणमा निरन्तर सहयोग रहने बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार