आईतवार, ८ चैत्र, २०८२

अज्ञात समूहको आक्रमणमा परेकी वृद्ध महिलाको मृत्युु

कनकासुन्दरी गाउँपालिका–४ साउबाडा गाउँमा ७० वर्षीया एक वृद्धामाथि रातिको समयमा अज्ञात व्यक्तिबाट आक्रमण भएको छ। गम्भीर घाइते अवस्थामा रहेकी ती वृद्धालाई तत्काल उपचारका लागि जुम्ला ल्याइएको थियो।

उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले हिजो राति करिब १०:३० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ। घटनाले स्थानीय समुदायमा शोक तथा त्रास फैलिएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ। दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न स्थानीयबासीले माग गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार