देशका ठुलाठुला संरचना जले, सरकार ढल्यो, संसद बिघठन भयो, चुनावी अन्तरिम सरकार बन्यो, चुनावको घोषणा भयो ।
समस्याका ताँतीहरू थिए राजनीतिक, सामाजिक, आर्थिक साँस्कृतिक धार्मिक परिवेशका कति हुन् कति । व्यवस्थाबारे चिन्ता नगर्ने कोही थिएनन् , लोकतन्त्रको हालत खराव भएकोमा मानिस चिन्तित थिए ।
भ्रष्टाचारले सिमा नाघीरहेको थियो । सत्तामा बस्ने र उनका कार्यकर्ताको अगाडि जनताहरू निरीह थिए । लोकतन्त्रवादीहरू समय समयमा लोकतन्त्रको गुणस्तर नापीरहेका थिए ।
सुशासनको हालत पनि बहुत खराव भईरहेको थियो । संविधान र परिवेश अब के होला भन्दै चियापशलमा बसेर मानिस कुरा गरिरहेका हुन्थे । यीनै कुराले चिया पशलवालाहरूले मार्केट पाईरहेका थिए ।
यो सुशासनको बेथितिले चरम सिमा नाघेपछि युवा जेन्जीको नामबाट आन्दोलनमा उत्रे । हुने नहुने सबै काम भए । ७६ जना जना जेन्जीले सुशासनका लागि ज्यान गुमाए ।
देशका ठुलाठुला संरचना जले, सरकार ढल्यो, संसद बिघठन भयो, चुनावी अन्तरिम सरकार बन्यो, चुनावको घोषणा भयो । चुनाव होला कि नहोला भन्दैमा चुनाव सम्पन्न भयो ।
चुनाव शक्तिवान र निर्वलिया मानिएकाहरू बीचमा भए जस्तै थियो । जनमतले नपत्याएको निर्वलियो पार्टीले पायो झण्डै दुई तिहात बहुमत । मत हाल्ने जनता द्विविधामा थिए ।
सुशासनको स्वाद चाख्न बाँकी छँदैछ, सरकार बन्न बाँकीनैछ, के कस्ता जनपक्षीय निर्णय हुने हुन् ? भ्रष्टाचारको आहलमा डुवाउने विरूद्व के निर्णय हुने हो पत्तो छैन ।
शासन विरुद्व के के अभियान अघि बढ्ने हुन् हेर्न बाँकीनै छ । बहुमतको सँख्या हेरेर उनैलाई बलियो देखेर एकथरी मानिसहरू भनिरहेका छन्-सुशासनका पक्षधरहरूको जित भयो ।
नरेन्द्र देवकोटा “प्रशान्त” २०८२/११/३० शनिवार ।















