शुक्रबार, १८ बैशाख, २०८३

भेरी करिडोरको कठिन खण्ड सेनालाई दिने मन्त्री परिषदको निर्णय

कर्णाली प्रदेशभित्र पर्ने भेरी करिडोर एनएच–५७ अर्थात् राष्ट्रिय राजमार्ग अन्तर्गत छिन्छु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम सडक खण्डमा पर्ने डोल्पा जिल्लाको लासिकाफदेखि सिसौलसम्मको करिब ३३ किलोमिटर सडक अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ। भेरी करिडोरअन्तर्गत डोल्पाको अत्यन्तै दुर्गम र भिरालो भूभागमा पर्ने सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात […]

चुनाव गराउन मेहेनत गर्ने राष्ट्रपति पौडेल र खापुङ, वाहवाही बटुल्ने प्रधानमन्त्री कार्की !

कानूनअनुसार प्रधानमन्त्री र मन्त्रीहरुले राष्ट्रपतिसमक्ष शपथ खाएको ३५ दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको कुर्सी सम्हालेको ६ महिना पूरा भएको छ । तर, उनले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेकी छैनन् । उनी नेतृत्वको क्याबिनेटका एउटै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । सम्पत्ति विवरण सार्वजनिक नगरिँदै चार जना मन्त्री राजीनामा […]

कविता: नेपाली अबला चेली

यहाँ गिध्द र स्यालकोबिगबिगी भएको यो देशमालुच्छ्दैछन् नरभक्षीहरू कलीलामुनालाई राक्षसको भेषमा सिङ्गो देशको अस्मिता पैतालामाकुल्ची अन्याय गर्न जानेकादबाए बेसरी न्यायललाई आफूलेआफैलाई महान् शक्ति मानेका सारा देश नै कुर्लियो न्यायदेऊ भनी सडक सदनमाकिस्ले दिन्छ न्याय ती चेलीकोमरेको त्यो वदनमा लागे पूरा देशमा ती नरनारीन्याय देऊ भनी सरकारकहाँतर कसैले पनि केही सुनेनन्याहाँ यो पापी नरकमा देऊ सराप […]

लघुकथाः जता बलियो उतै ढलियो

देशका ठुलाठुला संरचना जले, सरकार ढल्यो, संसद बिघठन भयो, चुनावी अन्तरिम सरकार बन्यो, चुनावको घोषणा भयो । समस्याका ताँतीहरू थिए राजनीतिक, सामाजिक, आर्थिक साँस्कृतिक धार्मिक परिवेशका कति हुन् कति । व्यवस्थाबारे चिन्ता नगर्ने कोही थिएनन् , लोकतन्त्रको हालत खराव भएकोमा मानिस चिन्तित थिए । भ्रष्टाचारले सिमा नाघीरहेको थियो । सत्तामा बस्ने र उनका कार्यकर्ताको अगाडि […]

सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी बालिकाको न्यायका निम्ति पत्रकार महासंघ जुम्लाको ध्यानाकर्षण

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–१ निवासी १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि भएको विभत्स हत्या घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा जुम्लाले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। फागुन २३ गते भएको उक्त घटनापछि इनिसाका आफन्त तथा अधिकारकर्मीहरू आन्दोलनमा उत्रिएका […]

कर्णाली उत्सवको सातौँ संस्करण चैत २८ देखि सुरु

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने “कर्णाली उत्सव: कुडा कर्नालीका” को सातौँ संस्करण आगामी चैत २८, २९ र ३० गते सञ्चालन हुने भएको छ। राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुने साझा थलोका रूपमा स्थापित यस उत्सवका यसअघि छ वटा संस्करण सम्पन्न भइसकेका छन्। उत्सवका आयोजक ऋति फाउन्डेसनका अनुसार अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि […]

ताजा समाचार