बुधबार, १६ बैशाख, २०८३

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको आग्रह

जेनजी मुभमेन्ट नेपालले रामचन्द्र पौडेल लाई सम्बोधन गर्दै हाल प्रस्तुत गरिएको अध्यादेश अस्वीकृत गर्न औपचारिक अनुरोध गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइएको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्न आग्रह गरिएको छ। 

पत्रमा अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको उल्लेख गरिएको छ।

‘अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन,’ पत्रमा भनिएको छ, ‘संसद सक्रिय रहँदा कार्यपालिकाले विधायिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुन्छ।’

मुभमेन्टले संवैधानिक परिषद्को प्रयोगबाट न्यायपालिकामाथि प्रभाव पार्ने सम्भावनाप्रति समेत गम्भीर चिन्ता व्यक्त गरेको छ। 

यस्तो अवस्थामा राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरी पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनुपर्ने उनीहरूको माग छ।

जेनजी मुभमेन्टका अनुसार यस्तो निर्णयले राज्यका विभिन्न अंगबीचको सन्तुलन कायम राख्न तथा जनविश्वास संरक्षण गर्न सकारात्मक सन्देश जानेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार