गोरखामा माइक्रो दुर्घटना ७ जना भारतीय नागरिकको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्कने क्रममा ईभी माइक्रो दुर्घटनामा हुदा ७ जना भारतीय नागरिकको मृत्यु भएको हो।
आज गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनामा परेको हो। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो बसमा १४ जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ। उक्त माइक्रोबसको चालक र सहचालक समेत भारतीय नागरिक भएको खुलेको छ।















