जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र आइतबार जिल्लामा ल्याइएको हो।
सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतपत्र पेटीमा आइसकेको भए पनि मिलान तथा व्यवस्थापनको काम बाँकी रहेको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ रहेको छ।
मतदाताको संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र पठाउने प्रचलनअनुसार केही अतिरिक्त मतपत्र आएको कार्यालयले जनाएको छ।
निर्वाचन व्यवस्थापनका लागि दुई अस्थायी मतदान केन्द्रसहित १०८ वटा मतदान केन्द्रमा ६४८ जना कर्मचारी खटाइसकिएको छ।
















