विशेषगरी चुकेनी जलविद्युत आयोजना, धौलिगाढ खानेपानी आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना जस्ता जुम्लाका लागि गौरवमय विकासका कार्यहरूले उनको परिचय झनै फराकिलो बनाएको छ।
नरेश भण्डारी र जुम्लाको दीर्घकालीन सोच, योजना र विकास एक, आपसमा अन्तरसम्बन्धित विषयजस्तै बनेका छन्। जुम्लाको विकास, समृद्धि र उन्नतिका लागि सदैव मानसपटलमा घुमिरहने परिचित नाम हो, नरेश भण्डारी।
उनले जुम्लाको समग्र परिवर्तनका लागि दीर्घकालीन योजना निर्माण, रणनीतिक सोच र व्यवहारिक कार्यान्वयनमा निरन्तर जोड दिँदै आएका छन्। विकास केवल नारामा सीमित हुँदैन, योजनाबद्ध प्रयास र निरन्तर समर्पणबाट मात्र सम्भव हुन्छ भन्ने विश्वास राख्ने उहाँ एक बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन्।
समृद्ध जुम्ला निर्माणका लागि सक्षम नेतृत्व, इमानदारी र दूरदर्शी सोच आवश्यक हुन्छ, जुन गुण भण्डारीमा स्पष्ट देखिन्छ। उनी जुम्लालाई आत्मनिर्भर, विकसित र समुन्नत बनाउने लक्ष्यका साथ अघि बढपरहेका छन्।
उनको सक्रियता र समर्पणले जुम्लाको भविष्य उज्ज्वल बनाउने अपेक्षा जुम्ली जनतामा रहेको छ। उनको नेतृत्वको विशेषता परिस्थितिअनुसार सही निर्णय लिन सक्ने क्षमता, बौद्धिक स्पष्टता र व्यवहारिक दृष्टिकोण हो।
जसले जतिसुकै राम्रो भाषण गरे पनि वास्तविक बौद्धिकता भनेको विकासका काममा देखिने परिणाम नै हो भन्ने सन्देश उनको कार्यशैलीले दिन्छ। तथ्य, योजना र प्रभावकारी कार्यान्वयनका आधारमा अघि बढ्ने नेतृत्वका रूपमा उनलाई समर्थकहरूले प्रस्तुत गर्छन्।
विशेषगरी चुकेनी जलविद्युत आयोजना, धौलिगाढ खानेपानी आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना जस्ता जुम्लाका लागि गौरवमय विकासका कार्यहरूले उनको परिचय झनै फराकिलो बनाएको छ। यी योजनाहरूले जुम्लामा ऊर्जा, खानेपानी र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण आधार तयार गरेको जुम्ली जनताको बुझाइ छ।
साथै, सिंजा सभ्यता विधेयक जस्ता पहिचान र इतिहाससँग जोडिएका विषयहरूले पनि उहाँलाई पर्खिरहेका छन्। अब जुम्लाको विकास, समृद्धि, उन्नति, प्रगति र आत्मनिर्भरताका लागि बौद्धिक र दूरदर्शी नेतृत्वको आवश्यकता झन् बढेको छ।
जुम्लाको समग्र भविष्यका लागि सक्षम प्रतिनिधि चयन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ। विजयको शुभकामना।
















