बुधबार, २१ माघ, २०८२

संघर्षबाट उठेको आवाज: कालिकोटका मानबहादुर तिरुवा

अहिले कालिकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु कुनै आकस्मिक निर्णय होइन, यो दलगत स्वार्थ र सत्ताको सिण्डिकेटविरुद्धको विवेकपूर्ण विद्रोह हो। सहिद परिवार, दलित, मजदुर, किसान, महिला र युवाको आवाज संसदसम्म पुर्‍याउने दृढ संकल्पसहित उनी अघि बढेका छन्।

कसैको जीवन इतिहास केवल जन्ममृत्युको विवरण मात्र हुँदैन, त्यो समाजको पीडा, राज्यको बेवास्ता र जनताको सपनाको दस्तावेज पनि हुन्छ। कालिकोट जिल्लाको रास्कोट नगरपालिका-१ का मान बहादुर तिरुवा त्यस्तै एउटा जीवनकथा हुन् । जहाँ आँसु, पसिना र बलिदानले राजनीति जन्माएको छ।

सामान्य किसान परिवारमा जन्मिएका मान बहादुर तिरुवाले बाल्यकालमै गरिबी, अभाव र असमानताको कठोर यथार्थ देखे। गाउँको धुलाम्मे बाटो,अभावग्रस्त विद्यालय र परिवारको दैनिकीले उनलाई किताबभन्दा पहिला जीवन पढ्न सिकायो। यहीँ परिवेशले उनको चेतनालाई प्रश्न गर्न, अन्याय चिन्न र प्रतिरोध गर्न तयार पार्‍यो।

उनको जीवनले एउटा गहिरो मोड त्यतिबेला लियो, जब जनयुद्धकालमा जेठो दाइ सहिद भए, त्यो पीडा सेलाउन नपाउँदै करिब तीन महिनापछि मानसिक असन्तुलनका कारण बुवाको पनि मृत्यु भय। एकपछि अर्को वज्रपातले परिवारलाई मात्र होइन, मान बहादुर तिरुवाको जीवनलाई नै हल्लाइदियो।

तर यहीँ पीडाले उनलाई कमजोर बनाएन, बरु बलियो बनायो। सहिद परिवारको सदस्य, घरको अभिभावकसरह जिम्मेवारी बोकेर उनले आँसुलाई आँटमा र पीडालाई शक्तिमा रूपान्तरण गरे। अन्यायसँग सम्झौता होइन, प्रतिरोध नै जीवनको उनको उद्देश्य बन्यो।

जीवन धान्न उनले गरेका पेशाहरू कुनै सानो सूची होइनन्मार्केटिङ, प्रिन्टिङ प्रेस, चप्पल कारखाना, सुरक्षा गार्ड, मजदुरी, इन्टरनेट कम्पनी (सुबिसु, क्लासिक टेक), बैंकमा कार्यालय सहयोगीदेखि निजी क्लिनिकसम्म काम गरे। यी सबै अनुभव उनका लागि विश्वविद्यालय बने, जहाँ श्रमिकको पसिना, निम्न वर्गको पीडा र मेहनत गरेर खाने नागरिकको विवशता पढे। यही श्रमजीवी जीवनले उनको राजनीतिलाई किताबे होइन, भोगाइबाट जन्मिएको बनायो।

मानबहादुर तिरुवाको राजनीतिक यात्रा सुविधाको खोजी होइन, जोखिमको स्वीकारोक्ति हो। राष्ट्रियता विरोधी गतिविधि, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, एनसेलको कर छलिजस्ता गम्भीर विषयवस्तुमा उनले निरन्तर आवाज उठाउँदै आए । यहीँ आवाजका कारण हिरासत र जेल जीवनसमेत उनले भोगे।

उनका लागि राजनीति भाषणको मञ्च होइन, सडकको संघर्ष हो। कागजी घोषणाभन्दा पनि बलिदान र प्रतिरोधबाट निर्देशित राजनीति उनको मूल दर्शन हो।

अहिले कालिकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु कुनै आकस्मिक निर्णय होइन, यो दलगत स्वार्थ र सत्ताको सिण्डिकेटविरुद्धको विवेकपूर्ण विद्रोह हो। सहिद परिवार, दलित, मजदुर, किसान, महिला र युवाको आवाज संसदसम्म पुर्‍याउने दृढ संकल्पसहित उनी अघि बढेका छन्।

कालिकोटको विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता,कृषि, जडीबुटी र स्थानीय स्रोतको उपयोगमार्फत रोजगारी सिर्जना, दलित, निम्न वर्ग र पछाडि पारिएका समुदायको सशक्तीकरण, पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त राजनीति जस्ता उनका मूल एजेन्डाहरू हुन्।

मानबहादुर तिरुवा कुनै आयातित नेता होइनन्। उनी संघर्षबाट जन्मिएलो, बलिदानले हुर्किएको र जनआस्थाले स्थापित भएको नेतृत्वको प्रतीक हो । उनको राजनीति व्यक्तिगत स्वार्थका लागि होइन। कालिकोटको उज्यालो भविष्य र देशको न्यायपूर्ण यात्राका लागि समर्पित छ।

आज जब राजनीति विश्वास गुमाउँदैछ, त्यही बेला मानबहादुर तिरुवा जस्ता पात्रहरूले जनतालाई फेरि विश्वास गर्न सिकाइरहेका छन्। संघर्ष कहिल्यै खेर जाँदैन भनेर।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार