सोमबार, १२ माघ, २०८२

कविता- टिकट

मलाई पेलेनको टिकट पाउन गाह्रो छ,
मलाई गाडिको टिकट पाउन गाह्रो छ।

तपाईंले पाएको सांसदको टिकट
वर्षौं देखि पाइरहनु भएको छ।

न गाडि हिँड्ने सडक फेरियो,
न गाडिको टिकट पाइयो।
न एयरपोर्ट फेरीयो,
न पेलेनको टिकट पाइयो।

हाम्रो भागमा धुलो र धैर्य पर्‍यो,
तपाईंको भागमा पद र पहुँच।

हामीले भोट दियौं आशामा,
तपाईंले आशा बेच्नुभयो भाषणमा।

हाम्रो यात्रा उस्तै छ,
तपाईंको गन्तव्य सधैं सुरक्षित छ।

सडक उस्तै खाल्डाखुल्डी,
आकाश उस्तै टाढा,
टिकट उस्तै दुर्लभ,
नेतृत्व उस्तै उदासीन।

फेरि चुनाव आयो।
मेरो आगनमा आउनु होला।
सोझो अनुहार लिएर ..
सपनाका पोका फेरि फुकाउनु होला।

खैर यसपाली म त ….
केही पत्याउ दिन तपाईका कुरा।
कति हाल्नु अबिस्वासको मत ?
तपाईलाई जिताएर के गर्नु ?

न मन्त्री न प्रधानमन्त्री
उहीँ तपाईकै बा र सुप्रीमो
जसलाई तपाई काध हाल्नु हुनेछ।

मेरो सपना मेरो आकक्षा
फेरि क्षणभङ्गुर हुनेछ।

आशा मर्नेछ मन मर्नेछ
फेरि ….
यहि चक्र चल्नेछ चलीरहनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार