चिसोको विलयसँगै
जम्मा बनेको हुल
प्रायः शुभअशुभमा
एकाकार बन्छ – एक थुँगा !
शुभले कामको चाप थप्छ
यौननामा रामको छाप थप्छ
सुनौलो रङ लेपनको शिरभरि
एकत्रित पार्ने नीति जाप थप्छ !
कतै राप अनि ताप थप्छ !
अशुभ रौनक विहिन
मौनताले अश्र बाँडने
न बाहना न ताकेता
असिम गहिराई एकताको ।
शान्ति- स्मृति- हस्तान्तरण पहिचान !
एक बचनमा –
बाज्या सुन !
त्यै ब्रह्मडाँडाका खिरखिर्या ढुङ्गाका
छाती छातीमा मेरा पाइला पड्याका छन
हप्र डाँडाउनी पुग्यापछि लाग्दो छियो
यो गइरागडा कति गइराउनो छ –
त्यति गहिरो क्या होला !
त्यति गइरो छियो कि बाज्या
मान्छेमा आत्मियता !
डाँडाउनी पुग्यापछि धेकिना छिया
तल – हितुको थान
हप्र अधिकारी
यसरी बस्याका छन
ति गाउँ यिनुलेई ठेका लियाछन ।
पौमल्या बाटो हेद्दो छियो कि ?
ब्रह्म डाँडाका ब्रह्म काँका हुन्ना बाज्या ?
अझ धेक्यौ त्यो मालिका
वारिपारि जोराजोरी
त्यै भन्ना मुथि
बयालढुङ्गा
हामी मदेश हेन्न गयाको पनि सम्झनो ।
यो हियो कसो मान्यौ बाज्या
सबै था पाउनो –
कि हामीले देउताको छापो पायाका हौं !
उचो र निचो जाँ पन धेय बाज्या
निक्का जडा गाड्याको
ति जडा कुरु कुरु काट्न्या आरी भया
कति काट्टा हुन
सम्याइकन एक बनाउन
दुई बनाउन
तीन तीन तिर बाँडन !
देउताका थानको खिर
खर्कउनी गायाका गित
ठउर ठउरका मित
कति निको छियो बाज्या रित
क्या मद्दो हो धित
अब सबैले बिर्सिअल्या ।
हिङ बान्याको टालो भयाको छ
चाहिन त चाहियला
कहिले हो कहिले
बाज्या
ति दिनै हुन
झल्काइ झल्काले भरियाका
तमि क्या सम्झना हौ काका !
मुल्या खोलाको पानी पन खाएको हुँ
तल्ला मुल्ला ठाउँ गाइन गयाको हुँ
यो हेद्दाउनी छाती खोल्लो भयाँ
तिँ सबै सम्झना सजायाको हुँ
ब्रह्मडाँडाका शिरदेइ गिरीखेल्नासम्म
बाम्नी धारादेइ घटछालसम्म
सालिमे मेलाको सालिमु
छडिखोलाको पानी औंला
लाटापाल्तका कटौंज
किमेर्खाका खनिया
खानीगौंडाका हरिया डम्म
सम्ज्यापछि यि हेर आँखा
हुनाछन अझै टम्म
अँज यार तमि आम्ना घरका देउता बनाउना ?
आमा छक्याल्याई उठाउनी छिन
जा हड लाइया
जाङ्या र कमिज त हुना छिया
खासाका चोटका हाम्रा घरौना क्या कमी
कि कसो भन्यौ जेठा का –
लगायौ – आँखा माड्यौं
कोइ मालधारा
कोइ बामनीधारा
तलधारा पन जान्या छिया बाज्या हेर
देउल देउलै भयो
खिर्याधारा आम्नै
छिटा फाल्यौं कोइ भिज्यौं
लुग !लुग ! लुग !
काम्दाई घर जाना छियौं !
आगाथी यसै बसिकन
नाप हडौनो तातो लाग्या पछि
धुपदिपफलपुष्पनैवेद्यचन्दनंगन्धम्-
ए हाम्रा घरउनै फल्या फूल्याको !
उकालो लाग्याको पनि सम्झनो छु –
जैका सिङ नाइँ उइ आज तिख्या बन्नाछन
हामीयै जान्न्या सुन्या भन्नछन
देउ देउता पन उनुकाइ जसा हुनु पड्न्या
हामी त्यसा किन हुन्याउँ ?
मुढा धकेलेर एक हुल बने
झर झर झर आगो सल्केपछि –
चुरट मगाउँ !
केटाकटी लोट्टा भया अरे
म पनि त केटाकेटी हुनाहुँ बाज्या
तमि भन –
हो – केटाकटीयै छि
सहमतिका टाउका हल्लिए
कसैका ओठ मुस्कुराए
साँचो – कुटिल – अज्ञात बनेर
कसैले टाउको कन्याए
एकफेर गलबन्दि शिरबन्दि बनेपछि !
हामी केटाकटीयै भयाका बेला हो
जानाछियौं पैतलाउना ढुङ्गा ठोकी
डेब्बरका काँडा कसा हुन
तेरी आमा टोक्न्या !
भयाका चप्पल पन साचाल्ना होइजाना
देउता पन बालखै जसा त हुन ?
न बालख लोट्या
न देउता लोट्या
बाज्या भन त –
अहिले खास लोट्यो को ?
लिउँड्याको चावल
दुधघ्यूगउँकोधुलो भया भरको
एकाउनै हालिकन पकायापछि
आर लाउन्या पात
पघारउनाका टिमिलाका रुख चढ्न्या पनि बालकै हुन
एक म पन हुँ त बाज्या – जैबेला बालख छियाँ
तल सुसान्या खोलादेइ क्या डर
ज्या अर्न्या हुन देउताका भर छियौं –
कति विस्वास हो !
अहिले लौ देउता हाम्रा भर भन्ना !
हाम्रो विस्वास माटाउनो मिलाउन्या ?
जान्याकाले अड्तो देओ,
नजान्याका मान भाइऔ –
न मान्या न जान्या !
अब टनक्कै बानीकन सिकाउन्या हो –
कि कसो मान्यौ काउज्यू !
कैकन किन मान्न्या हौ बिचाराउ !
न थात रह्यो !
न थलो रह्यो !
न चलन रह्यो जसो छियो –
न उसै गलो रह्यो !
धामी का तँ भन त !
हो कि होइन ?














