जुम्लाको स्टे होटल भ्याली भ्यू प्रालिले एसी सुविधा सहितको अत्याधुनिक बहुउद्देश्यीय हल सञ्चालनमा ल्याएको छ।
सरकारी, गैरसरकारी, शैक्षिक तथा विभिन्न संघ, संस्थाका सेमिनार, गोष्ठी, बैठक, तालिम तथा सामाजिक कार्यक्रमको उपयोगिताका लागि एसी सुविधा युक्त हल संचालन ल्याइएको हो।
आधुनिक संरचना, व्यवस्थित बसाइ र एसी सुविधायुक्त उक्त हलले जुम्लामा कार्यक्रम आयोजना गर्न सहजता थपेको होटल म्यानेजर गोविन्द भक्रीले बताए।

उनका अनुसार का अनुसार भ्याली भ्यू होटलले विगत चार वर्षदेखि निरन्तर आवासीय तथा खाजा–नास्ताको सेवा दिँदै आएको छ।
उनले भने, ‘हामीले पर्यटक, सरकारी तथा संस्थागत पाहुनालाई लक्षित गर्दै गुणस्तरीय खाना, बसोबासको व्यवस्था गर्दै आएका छौं। त्यसैको निरन्तरतामा एसी सहितको बहुउद्देश्यीय हल सञ्चालनमा ल्याएका हौं।’

त्यस्तै, होटलका कर्मचारी भक्ती रेग्मीले पाहुनालाई पारिवारिक तथा सहज वातावरणमा सेवा दिने प्रयास भइरहेको जानकारी दिए।
उनका अनुसार होटलमा बसोबास, खाजा, खाना मात्र नभई कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन सेवा उपलब्ध छ।














