सोमबार, १२ माघ, २०८२

कविता-उज्यालो खोज्दै देश

खै उज्यालो सबैतिर,
अन्धकारले सहरदेखि गाउँसम्म छोपेको छ,
सपना बोकेको देश,
आफ्नै पीडामा चुपचाप रोएको छ।

भन्छन्—देश बिग्रियो,
नेताले मात्रै बिगार्‍यो रे।
तर ऐनामा हेर्ने आँट कसैसँग छैन,
गल्ती स्वीकार्ने साहस हरायो रे।

हामीले नै छानेका हातहरू हुन्,
हामीले नै दिएको शक्ति हो।
आज गाली गर्ने ती ओठहरूले,
हिजो ताली बजाएको सत्य हो।

हकको कुरा आउँदा,
हामी सबै जाग्छौँ।
कर्तव्य सम्झाउने बेला,
हामी सबै भाग्छौँ।

परिवर्तन खोज्दै हिँड्छौँ,
तर बाटो आफैँ बदल्न चाहँदैनौँ।
प्रश्न अरूलाई सोध्छौँ,
उत्तर आफैँ बन्न डराउँछौँ।

देश नक्सामा कोरिएको रेखा मात्र होइन,
यो हाम्रो सोच र व्यवहार हो।
मनभित्रको अन्धकार नमेटी
बाहिर उज्यालो खोज्नु व्यर्थ हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार