ऋषि अथर्वाले वस्तु एकआपसमा रगडेर आगो निकाल्न सकिन्छ भन्ने आर्य समाजलाई जानकारी दिए। त्यसपछि आर्य समाजले वस्तु रगडेर आगो निकाल्न र उपयोग गर्न सुरु गर्यो।
जब यो विश्वमा सृष्टिको रचना भयो, त्यो जलवाट भयो। भने त्यसपछि अग्नि उत्पन्न भएको भनिन्छ। विश्व जिवहरू र मानव सभ्यताको विकासका लागि अग्नि जरुरी थियो।
त्यसैले मानव जगतमा आगो कसरी प्राप्त भयो? त्यसमध्ये आर्य समाजलाई आगो कसले दियो? त्यो समयमा न सलाइ थियो न लाइटर थियो। मानव जगतले कसरी आगो पायो? यसको इतिहास खोतल्ने प्रयास आज यो लेखबाट गरिएको छ।
आगोको इतिहास र वेदीय उल्लेख
आगोको इतिहास खोतल्दा भौतिक विज्ञान खोतल्नुपर्ने हुन्छ। जुन हाम्रो ऋग्वेदले व्यापक उल्लेख गरेको छ। भौतिक विज्ञान अन्तर्गत अग्नि विज्ञान पनि पर्दछ। तर आधुनिक विज्ञानले ऊर्जा विज्ञान भनेको छ भने वेदले अग्नि भनेको छ। जुन कुरा चार वेदमा उल्लेख गरेको देखिन्छ। अग्निको गुण र धर्मको बारेमा बताइएको देखिन्छ।
आधुनिक विज्ञानले यसलाई भौतिक विज्ञान अन्तर्गत शक्ति, गति, ऊर्जा, सामर्थ्य, ध्वनि, प्रकाश, चुम्बक, विद्युत्मा विभाजन गरेको छ। तर वेदले यी सबै अग्नि विना अरूको अस्तित्व मान्दैन। अरू जे हुन्, अग्निभित्रकै हुन् भनेको छ।
त्यसले सृष्टिका पाँच महाभूत जल, वायु, अग्नि, आकाश र पृथ्वी सबैमा अग्नि सर्वव्यापी छ भनेको छ। मानव शरीरमा पनि अग्नि विना खाना पच्दैन, श्वास प्रक्रिया सञ्चालन हुँदैन भनिएको छ।
यजुर्वेदले अग्नि अमर छ, सर्वव्यापी छ तर परिवर्तन हुन्छ भनेको छ। जुन सम्पूर्ण कार्य गर्न योग्य छ। अग्नि विना कार्य सम्भव छैन। त्यसैले अग्निलाई विश्वकर्मा पनि भनिन्छ।
अग्निका विभिन्न रूप र गुणहरू
अग्नि महाशक्तिशाली र अनेक रूप धारण गर्ने भएकाले यसलाई विश्वरूप र पुरुरूप पनि भनिएका छन्।
अग्नि… त्मना शतिन पुरुरूप
स्तोर्णा अस्य संहितो विश्वरूपा
वेदको मान्यता के छ भने अग्नि विश्वको हरेक कण-कणमा ऊर्जा अर्थात् अग्निको साम्राज्य मौजूद छ। त्यसैले विश्वव्यापी रहेको हुनाले ऊर्जा अर्थात् अग्निलाई वैश्वनर अग्नि भनिएको छ। जसको कारण विश्व जगतको हरेक पदार्थको उत्पादन अग्निवाट हुन्छ। जगतका हरेक वनस्पति, जलथल, समुद्र र सूर्यका किरणहरूमा ऊर्जा अर्थात् अग्निको साम्राज्य छ।
त्यसैले वेदले भनेको छ:
वैश्वनर नामासि क्षितिज
अग्नि गोप्य छ, अव्यक्त छ, सूक्ष्म छ, ठूलो पनि छ। मूर्त पनि छ भने अमूर्त पनि छ। सानो भन्दा सानोबाट पनि अग्नि उत्पन्न हुन्छ। आकाशमा, गगनमा, जलमा र थलमा पनि अग्नि पाइन्छ र उत्पन्न हुन्छ। तर अग्नि उत्पन्न हुन घर्षण चाहिन्छ।
त्यसैले हामी देखिरहेका हुन्छौं, हावाको घर्षणवाट शून्यमा विजुली चम्केको हुन्छ, चट्याङ परेको हुन्छ। अग्नि गतिवान हुन्छ। जसको कारण रेडियो, टेलिभिजनबाट ध्वनि आवतजावत हुन्छ। विद्युत् प्रसारण र उत्पादन अग्निको कारण भएको हो।
ऋषि अथर्वाको योगदान
जब ब्रह्माले सृष्टिको रचना गर्नुभयो, त्यो समयमा अग्निको व्यापकता बनाइदिनुभयो। जब आर्य समाज मानव पैदा भयो, अग्निको आवश्यक पर्यो। त्यो समयमा आर्य ऋषि अथर्ववेद आर्य मानवलाई आगो दिन चाहे।
किनकि आजको युग जस्तो सलाइ थिएन, लाइटर थिएन। न डिजेल न पेट्रोल न ग्यास थियो। भए पनि त जलाउन आगो त थिएन। तर हाम्रा प्रथम वैज्ञानिक ऋषि अथर्वाले एक अरणी नामको वनस्पतिको काठलाई आपसमा रगडेर आगो पैदा गरे।
पछि त्यही आगो प्रयोग गरेर ऋषि अथर्वाका छोराले यज्ञ गरे। त्यो प्रयोगबाट के थाहा भयो भने कुनै वस्तु आपसमा रगड्ने हो भने ऊर्जा अर्थात् आगो पैदा हुन्छ। र आगो जताततै सर्वव्यापी छ भने सबैले थाहा पाए।
त्यसपछि आर्यहरूको प्रथम वैज्ञानिक ऋषि अथर्वाले अर्को परीक्षण गरे। त्यो के थियो भने पानीको तलाउ मन्थन। जब पानीको तलाउ मन्थन गरे, त्यसबाट पनि आगो पैदा भयो। तेस्रो आविष्कार थियो भूमिगत ग्यास उत्खनन र प्रज्वलनशील भूमिगत तेल। जसलाई आधुनिक जमानामा डिजेल, पेट्रोल, मट्टितेल भनिएको छ।
यसरी ऋषि अथर्वाले वस्तु एकआपसमा रगडेर आगो निकाल्न सकिन्छ भन्ने आर्य समाजलाई जानकारी दिए। त्यसपछि आर्य समाजले वस्तु रगडेर आगो निकाल्न र उपयोग गर्न सुरु गर्यो।
खश समाजमा आगपाड्नोको प्रयोग
त्यो विधि पुस्तौन्तरण हुँदै आयो। र खश समाजमा आगो उत्पादन गर्ने फलामको टुक्राबाट आकार दिइएको आगपाड्नो प्रयोग गर्न थाल्यो।
फलामको टुक्राबाट बनेको आगपाड्नो अर्को सेतो ढुङ्गा, जसलाई स्थानीय भाषामा डुङ्सिल्या भनिन्छ। यी दुई वस्तु रगडेर एक झारबाट बनेको भुवदार झुलो च्यापेर आगपाड्नो र सेतो ढुङ्गाको घर्षणबाट उत्पन्न भएको आगोका झिल्का झुलो वा भुवादार सुती कपडामा पर्न गइ आगो जल्न सुरु हुन्थ्यो। त्यो आगोबाट मानव जीवन बाँचेको थियो।
जबसम्म खश समाजमा सलाइ लाइटर पुगेको थिएन, त्यो समयसम्म अर्थात् आजको ६०, ६१ वर्ष पहिले सम्म यही विधिले आगो उत्पादन गरिने गरिएको थियो।
यसको १५, २० वर्ष पूर्व पनि पाइएमा सलाइ प्रयोग हुने गरेको थियो। भने नत्र यही आगपाड्नो र ढुङ्गाको घर्षणबाट आगो उत्पादन गरिदै आएको थियो। जुन विधि ऋषि अथर्वाबाट प्राप्त भएको थियो।
ऋषिहरूको भूमिका र सन्देश
यसरी के भन्न सकिन्छ भने खश आर्य सभ्यता विकास गर्न ऋषि मुनिको अहम भूमिका थियो। वैज्ञानिक आविष्कार ऋषिहरूबाट हुने गरेको थियो। आर्यहरूका प्रथम वैज्ञानिक ऋषि अथर्वा हुन्।
यी ऋषिले तयार गर्नुभएको अथर्ववेद हो। तर हाल सक्कली अथर्ववेद पश्चिममा जगतले चोरेर लगिसकेका छन्। जुन अथर्ववेद पाइएको छ, त्यो सक्कली होइन भन्ने कथन रहेको छ। सक्कली अथर्ववेदमा वैज्ञानिक आविष्कार अनगिन्ती रहेको भन्ने भनाइ रहेको छ।
आजकल पश्चिममा जगतले जे प्रगति उन्नति आविष्कार गरेको छ, त्यो सबै अथर्ववेदको कारण हो। यसरी इतिहास खोतल्ने हो भने खश समाजमा प्रचलित आगपाड्नो जीवन दाता हो। यसको इतिहास ठूलो रहेको छ।
त्यसैले सकिन्छ भने आगपाड्नोलाई खश सभ्यताको संग्रहालयमा सुरक्षित राख्न पाए हुन्थ्यो। भोलिका पुस्तालाई हाम्रा पुर्खाले आगो कसरी पाए, कसरी उत्पादन गर्ने गरेका थिए भनेर जानकारी गर्न अवलोकन गरेर थाहा पाउन सक्थे।














