सोमबार, २८ पुष, २०८२

प्रविण वयकका केही मुक्तकहरू

जिन्दगी थाक्दा थाक्दै थकाइको आसनमा परिसक्यो
चोट कहाँ छ भनेर नसोध मनमा परिसक्यो
अरे यार तिमी साथ चाहिने कुरा गर्छौ अझै
के थाहा तिमीलाई जीवन एठनमा परिसक्यो

मान्छेले मान्छेलाई मान्छे नदेख्ने बजारमा छु
उसलाई उन्मुक्ति दिएर आफू कारागारमा छु।
नभेटिनु पर्नेहारुमा पहिलो नम्बरमा पर्ने मान्छे हो उ
आफैंलाई थाहा छैन खै किन किन उसको इन्तजारमा छु

एकहोरो फलिरहेए बेला अङ्कुश बनेर झार्न नआइदिनु
जीणताबाट उब्जिदै गरेकोे जिन्दगीलाई मार्न नइदिनु
केहि माग्दैन तिमी सँग बस यती यति भन्छु
स्वतन्त्र भएको जिन्दगीलाई फेरि बिगार्न नआइदिनु

जीवन दुःख पीडा आदिबेरी सब थोकको घर बनेको छ।
जसलाई औषधि ठानेको थिए आज उही मान्छे जहर बनेको छ।
सायद उसको लागि हदभन्दा बढी सोचेर होला
ठाउँ ठेगान नभएर जिवन बेखबर बनेको छ

सधैजसो स्त्रीलाई मात्रै सम्झिएर वस्ने रोग लागेको छ
कसलाई के थाहा मान्छे लाई के के कुराको भोग लागेकाे छ
कोही त छौ की आउ न हो मेरो लागी
दिन प्रतिदिनको यक्लो पनले गर्दा बिजोक लागेको छ

जसरी कूनै वाक्यांशमा क्रियापद विना काम हुदैँन
त्यसरि नै तिमी विना मेरो जीवनको अर्थ हुंदैन नाम हुंदैन
अब त ब्रह्माचारि भएर वस्ने सोच समेत गरेकाे छु
जब सम्मतिमी सँगै मेरो बिहेको तामझाम हुंदैन

खै किन उज्यालो हुँदा हुँदै पनि रात पारेको छ
प्रेम धाेका हो भन्ने थाहा नपाएर नै जीवन वज्रपात परको छ
आफैलाई बिर्सि जसलाई आफनो भने
छाती माथि आज उसैको लात पारेको छ

उ खुकुरी बनेर बसाइरहँदा अचानुको मारमा परेको छु।
परिबन्ध परिबन्ध मात्र परिबन्धको संहारमाँ परको छु
जुन दिनदेखि उसले बाटो देखाउने न्यूमा आँखा फुटालेर गयो
त्यहि दिनदेखि उज्यालो खोस्दा खोज्दै अन्धकारमा परेको छु

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार