सोमबार, १२ माघ, २०८२

नयाँ पुस्ताका लागि उज्यालो भविष्य मार्फत सचेतना जगाउँदै युवाहरु

नयाँ पुस्तालाई सकारात्मक सोच, सिर्जनशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यसहित युवाहरुको एक समूह सचेतना अभियानमा सक्रिय भएको छ।

समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र नकारात्मक गतिविधिलाई निरुत्साहित गर्दै रिह्याबिलिटेसन सेन्टर वा बार स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित उनीहरु अघि बढेका हुन्।

यस अभियानको नेतृत्व क्षेत्र बहादुर महत (ओम) ले गरिरहेका छन्। उनीसँगै नवराज भण्डारी, नयन महत, तेजेन्द्र रावल, जयन खान, भिटेन भाइ, डिल्ली भण्डारी, नारायण लगायत गरी ९ जना युवाहरु यस अभियानमा आबद्ध छन्।

समूहले हरेक दिन नयाँ रचनात्मक काम गर्दै युवाहरुलाई सीप, अनुशासन र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने योजना बनाएको छ।

अभियानका लिडर क्षेत्र बहादुर महत (ओम) ले भने, ‘आजको युवा पुस्ता नै देशको भविष्य हो। युवालाई गलत बाटोतर्फ जानबाट जोगाउन सक्यौँ भने समाज आफैँ सुध्रिन्छ।’

उनका अनुसार हाम्रो उद्देश्य सजाय होइन, सुधार हो। त्यसका लागि रिह्याब सेन्टर वा सामाजिक बार स्थापना गरेर सचेतना फैलाउने तयारीमा छौँ।

उनले आगामी दिनमा विद्यालय, समुदाय र सार्वजनिक स्थलमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार