दाङ बाग्लुङ् अर्घाखाँची रोल्पा छ छेवमा
दुई नगर सात् पालिका प्यूठान् छ माझमा।
स्वर्गद्वारी पुण्यधाम माडीखोला त्यहीँ
ओखरकोट बाँधीकोट मच्छी गाउँ यही।
माडी खोला हेर्न हुने झिम्रुक् खेती हुने
गौमती र नौबहिनी हेरी न अघाउने।
पारी पर्यो बिजुवार वारी छ खलंगा
कहीँ होचा कहीँ अग्ला प्यूठानका डाँडा।
एक पाली सरुमारानी माण्डवी अर्को छ
मकैबारी बाँदर लाग्ने त्यहीँ बढी झर्को छ।
झिम्रुकको किनारमा ऐरावती पाली
बेशी थुम्का शुन्दर बस्ती कहीँ छैनन् खाली।
स्वर्गद्वारी झिम्रुकले चिनिन्छ यो जिल्ला
कुनैबेला ऐतिहासिक् यो मगरात् को किल्ला।
सुख दुःख बाँड्न मन् छ साथीभाई माझमा
बत्ति बली झिलमिल हुन्छ गोधुली यो साँझमा।
२०८१/९/२३ मंगलवार
















