बिहीबार, १७ बैशाख, २०८३

तिमी आफ्नो त्यो जवानीलाई मात्र सोच्ने नगर,
बित्ने कुरात बितिसक्यो सोचेर मुटु घोच्ने नगर।

दुखि रहेको छ दिल झरिरहेकोछ आँसुको भल,
खाटा बसेको जीवनको त्यो कहाँनी सोध्ने नगर।

सुन्दरता भएर के गर्नु त्यो डाँफेको जीवन हेरत,
सत्य पनि मिथ्या हुन्छन् यसैले अतित् बोक्ने नगर।

परिस्थिति कस्तो आउँछ ! सामना गर्न नचुक्नु है
जिन्दगीलाई सहज जिउने हो दबाबमा थेग्ने नगर।

जिन्दगी साँच्चै यात्रा हो! नसही पनि सुख छैन,
जे होला त्यही होला! मेरो दिमाग मोथ्ने नगर।

२०८१/१०/१३ आइतबार, खलंगा, प्यूठान।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार