सोमबार, ११ फाल्गुन, २०८२

लघुकथा: भूकम्पको संस्मरण !

कसैले भूकम्प कहाँ आयो भन्दै सोध्दै थिए। कसैले बझाङ आयोकि भनेर ठट्टा गरे। कसैले, सुदुर पश्चिममा त आएन भनेर सोधे, कसैले म्याग्दी गैँडाकोट, कसैले सिक्किममा पनि हल्लायो भन्दै कमेन्ट लेखिरहेका थिए।

आज बिहानै उठेर के रहेछ हिजोदेखि आज बिहानसम्मको स्वदेश तथा विदेशको ताजा हालखवर भन्दै मोवाइल खोलेर फेसबुक र अनलाइन समाचारहरु हेर्दै थिएँ। मेरो आँखाको नजर भर्खरै लोक, सँगित र गायन क्षेत्रमा उदाउँदै गरेकी नव प्रतिभा गायिका विपना सिंहको स्टाटसमा गएर अल्झियो ।

उनले स्टाटसमा लेखेकि थिइन्, “६:५२ मा भुकम्पको धक्का- भन्दै बिचेतले डगुर्‍याँ र ढोका म्मो खोरो ठोक्कियो र उटिल्लो उठिगो।” नाम चलेकि गायिका भएकिले झुटो र फ्याक कुरा त नहोला तैपनि साँचो झुटो वास्तविक के रहेछ भनेर अनुसन्धान गर्दै गएँ।

उनैको स्टाटसमा धेरैले कमेन्ट गरेका तर्फ पनि मेरा आँखा र मन मस्तिष्क अड्किए। त्यहाँ कसैले “टोट्याउनी छौ, यता त केइ हल्लाएन त” भनी कमेन्ट लेखेका थिए। कसैले, “जाडोले बाहिर बस्न दिदैन-भुकम्पले भित्र बस्न दिदैन” भनी लेखेका थिए। कसैले ठट्यौली गरेर काेहि उटिल्लो चेपन्या मान्ठ छकि आजु बाजुमा चेपि माग्नु भनेर लेखेका थिए।

यसैगरी कसैले भूकम्प कहाँ आयो भन्दै सोध्दै थिए। कसैले बझाङ आयोकि भनेर ठट्टा गरे। कसैले, सुदुर पश्चिममा त आएन भनेर सोधे, कसैले म्याग्दी गैँडाकोट, कसैले सिक्किममा पनि हल्लायो भन्दै कमेन्ट लेखिरहेका थिए।

कसैले वणोपुणो पन हेरिहाल्या भनी कमेन्टमा लेखेका थिए, कसैले भुइचालो आयो भन्दा “दगुरिदा आफ्ना घाटा लागला बिचारिउ” भनी कमेन्ट लेखे, कसैले “सुतेको मान्छेलाइ बिउझाइ दियो” भनी लेखे, कसैले “भन्यापछि छकालै चक्कर्यायो” भनी लेखे, कसैले हल्लाएको बेला सुरक्षित हुने भनी लेखे, कसैले कुनै ठाउँमा बिगार्‍यो कि भुकम्पले भनेर लेखे। कसैले कतिचोट लाग्यो मैया भनेर सोधेका थिए।

उक्त स्टाटस पुष्टिका लागि आजैको मिति उल्लेख २०८१ पुष २३ गते ७:१२ मा काठमाडौंबाट प्रकाशित अनलाइन खवर हेरेँ। अनलाइन खवरको शिर्षकमा लेखिएको थियो- नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प।

अझै भित्रि खवर बुझ्न खोजेँ- समाचारको सारमा यस्तो लेखिएको थियो, “आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि, बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको। त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको, तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्ये क्षेत्रमा ठूलो धक्का दिएको भनी बताइएको थियो।

यसैगरी अनलाइन खबरमा भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० कि.मि. रहेको, यससँग नजिकका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका भन्दै ती जिल्लामा भूकम्पको क्षतिको विवरण आइनसकेको, स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका भन्दै सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए भन्दै समाचारमा लेखिएको थियो।

अझै भूकम्प गएको नक्सा र ठाउँ बारे सकि नसकी घोत्लिएर बुझ्न चाहेेँ। नक्सामा यस्तो लेखिएको थियो Affected Countries: Bangaladesh, Nepal, India, Bhutan and China, 35Km from Shigates, Tibet, China. 6:50.

मलाई आज बिहान गएको भूकम्पको महसुस नभएपनि आज बिहान हेरेको बहिनी विपनाको स्टाटस, अनलाइन खवर, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले गराएको जानकारी, भूकम्प गएको नक्साको लोकेसन र २०७२ साल बैशाख १२ गतेका दिन नेपालमा गएको भूकम्प र डोटी स्थित भूकम्प आउँदा उच्च सरकारी वकिल कार्यालय, दिपायलमा भवन चर्किने गरि हल्लाएपछि म पनि विपना बहिनी भागे जस्तै माथिल्लो तलाबाट भर्‍याङ हुँदै भवनको तल्लो तलाको पछाडी पट्टिको ढोकाबाट फुत्त मुटु काम्दै बाहिर निस्केको क्षणको स्मृति गरायो।

(लेखक देवकोटा चन्दननाथ न.पा.-१ तलिचौर जुम्लाका बासिन्दा हुनुहुन्छ। पेशाले सरकारी वकिल उहाँ हाल खलंगा प्यूठानमा हुनुहुन्छ। २०८१ पुष २३ गते ९:३१)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार