दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैं र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । विश्वभर छरिएर रहेका आम नेपाली हिन्दुधर्मालम्बीहरुलाई छठ पर्वको शुभकामना ।
सूर्यको अनुष्ठान
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँगै सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ भन्ने प्रमाणित भएको छ ।
माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ। प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना । हामी सम्पूर्ण मानवहरू सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्य देवको हामीप्रतिको कृपाका लागि सधैंसधैं अनुग्रहसित छौं । छठी माताका विभिन्न भजन कीर्तन बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले सदियौँदेखि पुनर् परिभाषित गरिरहेको आभास हुन्छ ।
छठ पर्वको नाम
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघि देखि नै माछा मासु खाँदैनन् । उनीहरूले लसुन प्याजसमेत खान नहुने विश्वास छ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन्।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल,छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन्।















