मंगलवार, १ पुष, २०८२

प्रतिक्षाले भोगेको जातीय छुवाछूत, विभेद र हिंसा

तुलनात्मका रूपमा पहिलेभन्दा अलि कम होला तर पनि मठमन्दिर, पानी धारा जस्ता सार्वजनिक स्थानहरूमा, भोजभतेर आदिमा दलितको लागि छुट्टै भान्सा तयार गरिन्छ ।

जाजरकोट जिल्लाको एउटा दुर्गम गाउँमा जन्मिएकी थिइन्, प्रतिक्षा । उनी दलित समुदायमा जन्मेकोले बाल्यकादेखि नै जातीय विभेद तथा छुवाछूत भोगिन् ।

गरिब परिवारमा जन्म भएकाले धेरै पढ्ने इच्छा हुँदाहुँदै पनि पूरा गर्न सकिनन् । जाजरकोटमा उनले जात र वर्गका आधारमा विभेद र अपमान भोगको अझै उनलाई ताजै लाग्छ । त्यसमा पनि महिलाहरूको अवस्था झन् कठिन र दयनीय रहेको उनको मनमा गडेको छ ।

प्रतिक्षाले बाल्यकालदेखि जातीय छुवाछूत, विभेद र हिंसा भोगिन् । त्यो कुरा उनको स्मृतिमा नमिठो अनुभवको रूपमा अझै पनि रहेको छ ।

उनी विद्यालय जान सुरु गर्दा सँगैपढ्ने अरू जातका बालबालिकाबाट भेदभावको अनुभूति गरिन् । दलितका विद्यार्थीहरूको कापी छुट्टै राखिन्थ्यो । पानी पिउन अलग गिलास प्रयोग गर्नुपथ्र्यो । कहिलेकाहीँ त शिक्षकले समेत अप्रत्यक्ष रूपमा भेदभाव गर्थे । त्यो स्मरण हुँदा उनी अझै पनि झस्किन्छिन् ।

उनको घरको आर्थिक अवस्था कमजोर थियो तापनि मनमा पढ्नुपर्छ भन्ने अठोट थियो । त्यही उत्प्रेरणाले गर्दा होला प्रतिक्षाले पढ्नको लागि काम गरिन् । थोरैथोरै पैसा जम्मा गर्दै प्लस टु सम्मको अध्ययन पूरा गरिन् ।

त्यसपछि १८ वर्षको उमेरमा गाउँ कै युवकसँग उनको विवाह भयो । विवाह भएको केही वर्षसम्म गरिब परिवारको केटीसँग विवाह गरको भन्दै प्रतिक्षाले घर परिवारबाट तिरस्कार, हिंसा, अपमान भोगिन् । तर पनि उनले हिम्मत हारिनन् ।

गाउँमा आमा समूहको अध्यक्ष भएर काम गरिन् । क्याम्पसको सचिव भएर काम गरिन् । यसले गर्दा घरपरिवार र समाजमा उनीप्रति हेर्ने दृष्टिकोण र व्यवहारमा फरक भएको उनले महसुस गरिन् ।

साथै, उनले महिला समूहहरू बनाएर महिला तथा किशोरीहरूलाई महिनावारी स्वच्छता, बालविवाह र घरेलु हिंसाविरुद्ध आवाज उठाउने सीप सिकाउन थालिन् ।

जाजरकोट नगरपालिकामा दलित समुदायको २६० घरधुरी रहेको छ । त्यहाँ जातको आधारमा विभेद अहिले पनि छ ।

तुलनात्मका रूपमा पहिलेभन्दा अलि कम होला तर पनि मठमन्दिर, पानी धारा जस्ता सार्वजनिक स्थानहरूमा, भोजभतेर आदिमा दलितको लागि छुट्टै भान्सा तयार गरिन्छ । त्यस कारण दलित, महिलाको हक अधिकार सम्बन्धी विविध कार्यहरू धेरै भन्दा धेरै गर्नुपर्छ भन्ने उनले अनुभूति गरेकी छन् ।

त्यसैले उनले आफ्नोतर्फबाट जे जति हुन्छ, दलित, महिला र बालबालिकाको हक र अधिकारको लागि काम गर्ने अठोट गरेकी छन् । प्रतिक्षा दलित समुदायकी नेतृत्वदायी महिला हुन् । जाजरकोट जिल्लामा उनले एक प्रेरणादायी पात्रको परिचय बनाएकी छन् ।

(प्रतिक्षा महर चनारा समता फाउन्डेसनको दलित दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल जाजरकोट जिल्लामा रहेर दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार