सोमबार, २४ कार्तिक, २०८२

आँखा शिविरबाट सिञ्जामा ४८ जनालाई नयाँ दृष्टि

जुम्लाको सिंजा गाउँपालिका ३ नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा ४८ जनाले दृष्टि पाएका छन्। जसमा २६ जना पुरुष र २२ जना महिला रहेका छन्।

नेपाल नेत्रज्योति संघ जुम्लाको समन्वय, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा गरिएको शिविरमा २ सय ४२ जनाको आँखा परीक्षण गरिएको थियो भने शिविर कार्यक्रम गाउँपालिकाको आयोजनामा भएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाका अनुसार यो शल्यक्रिया मात्र नभएर बिरामीको आवतजावतदेखि आवाससम्मको सम्पूर्ण खर्च सम्बन्धित गाउँपालिकाले नै बेहोरेको बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार