जात व्यवस्थाको मुद्दालाई आजको युवा पुस्ताले सबल र सशक्त ढङ्गले स्थापित गर्ने उद्देश्यले निमार्ण गरिएको दलित जेन्जि अलाईन्स कर्णाली प्रदेशको संयोजकमा अनिता नेपाली चयन भएकी छन्।
देशव्यापी रूपमा संङ्गठन निर्माण गर्ने अभियानमा रहेको यो संगठन मूलतः स्वतन्त्र संगठन रहने जनाइएको छ। यसको केन्द्रिय कार्यालय पनि निर्माण भइसकेको र यो संगठनले जात व्यवस्था विरोधी युवाहरुलाई जोडेर जात व्यवस्था विरुद्धमा सशक्त आवाज उठाइने लक्ष्य लिइएको दलित जेन्जि अलाईन्सका अगुवाहरुले बताएका छन्।
कर्णाली प्रदेश संयोजकमा चयन भएकी नेपाली विभिन्न सामाजिक कार्यमा सक्रिय दलित अभियनता हुन्।















