शुक्रबार, २१ कार्तिक, २०८२

चन्दननाथ माध्यमिक विद्यालयमा युवाद्वारा छात्रवृत्ति वितरण

सेवा र विकासका लागि युवाहरुको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा दुईजना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।

उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी रिटन न्यौपाने र सुश्री लक्ष्मी रोकायाले जेहेनदार तथा लगनशील छात्रवृत्ति २०८२ अन्तर्गत जनही नगद १४ हजार रुपैयाँ र ‘औषधिको ज्ञान, स्वस्थ ध्यान’ नामक पुस्तक साथै प्रमाणपत्र प्राप्त गरेका हुन्।

विद्यालय प्रशासनले गरेको शैक्षिक उत्कृष्टता र अनुशासनका आधारमा उनीहरूलाई छात्रवृत्तिका लागि सिफारिस गरिएको चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले बताएका छन्।

सेवा र विकासका लागि युवाका संस्थाका उपाध्यक्ष तथा उपप्राध्यापक डा. दीर्घराज जोशीका अनुसार “यस वर्ष देशभरका ३५ जना जेहेनदार विद्यार्थीलाई संस्थाले यस्तै छात्रवृत्ति वितरण गरिरहेको र हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान पनि केही वर्षदेखि निरन्तर भइरहेक” उनले जानकारी दिए।

कार्यक्रमका सभापति समेत रहेका डा. जोशीले उपस्थित विद्यार्थीहरूलाई प्रेरित गर्दै भने दृढ संकल्प, अनुशासन र निरन्तर प्रयत्नले असम्भव लाग्ने कार्य पनि सम्भव हुने बताए।

त्यस्तै चन्दननाथ माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायले यो परोपकारी छात्रवृत्तिको सदुपयोग गर्न र अरु विद्यार्थीलाई पनि निकै मेहनत गर्न विभिन्न कुराहरू सहित सुझाव दिएका छन्।

उनले यस्तो ईश्वरीय कार्यका लागि जुम्लालाई छनोट गरेकोमा उक्त संस्थालाई धन्यवाद ज्ञापन समेत गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार