शुक्रबार, २१ कार्तिक, २०८२

छोराको कुटपिटबाट सुर्खेतमा आमाको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिकामा एक युवकले आफ्नी आमालाई कुटपिट गर्दा आमाको मृत्यु भएको छ।

भेरीगंगा नगरपालिकाको १२ मसिनाटोलमा छोराले आमामाथि कुटपिट गर्दा मृत्यु भएको हो। आज बिहान करिब ७ बजेतिर कविराम बस्नेत नाम गरेका युवकले ५० बर्षीया उनकी धनिलाल बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार  गरेका थियो।

उक्त प्रहारबाट गम्भीर घाइते धनिकलालाई उपचारका प्रदेश अस्पताल कालागाउँमा लिइएको थियो। उनलाई चिकित्सकले बिहान ८:१५ मिनेटमा मृत्यु घोषणा गरेका हुन्


घटनापछि फरार रहेका छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार