शुक्रबार, २१ कार्तिक, २०८२

न्यूयोर्कमा प्रवासी जीवनका भावनाहरू बोल्ने नेपाली मनको कथा ‘मनकला’ वेब सिरिज सुुरु

प्रवासको व्यस्त शहर न्यूयोर्कका गल्ली र बस्तीमा बस्ने नेपाली समुदायका कथा प्रायः मनभित्रै कैद रहन्छन्।

तर, नेपाली सिर्जनात्मक टिमले ती अनकहा भावनाहरूलाई पर्दामा उतार्ने साहसिक प्रयास गरेको छ, नयाँ वेब सिरिज ‘मनकला’ मार्फत।

‘मनकला’ ले न्यूयोर्कमा बस्ने ३० वर्षीया एकल नेपाली युवती मनकलाको जीवनलाई केन्द्रमा राखेर बनाइएको हो।

आफ्नो जीवनसाथीको खोजीमा निस्किएकी उनी परिवारको अपेक्षा, सामाजिक दबाब र आफ्नै स्वप्निल चाहनाबीच फसेकी पात्रका रूपमा चित्रित छन्।

एकातिर परिवारको हेरचाह गर्ने जिम्मेवारी, अर्कोतिर आत्म–सन्तुष्टिको चाहना, यही द्वन्द्वले सिरिजको भावनात्मक केन्द्र निर्माण गरेको छ।

निर्देशक ओम राज राउत र प्रमोद विश्वकर्माले निर्देशन गरेको यो सिरिजले प्रवासमा बस्ने हजारौं नेपालीको यथार्थ जीवन, संघर्ष र मनोवैज्ञानिक अवस्थालाई प्रामाणिक रूपमा प्रस्तुत गर्न खोजेको छ।

सिरिजका निर्देशक राउतका अनुसार, ‘मनकला केवल एक युवतीको कथा होइन, यो प्रवासमा बाँच्ने हरेक नेपालीको अन्तर्मनको आवाज हो।’

पाँच भागमा तयार गरिएको सिरिजको पहिलो एपिसोड ‘मेइबी हर फ्रष्ट डेट’ हाल युट्युबमा उपलब्ध छ भने अर्को एपिसोड आगामी दुई हप्ताभित्र सार्वजनिक हुने बताइएको छ।

सिरिजको अधिकांश सुटिङ सकिएको छ र सम्पादनको काम अन्तिम चरणमा पुगेको छ।

मुख्य भूमिकामा आयुषा सञ्जेल क्षेत्रीले मनकलाको पात्र मार्मिक ढंगले प्रस्तुत गरेकी छन्।

साथै, मीन भण्डारी, लिजा पौडेल, ल्हाक्पा डोल्मा र निर्देशक स्वयं ओम राज राउतले समेत अभिनय गरेका छन्।

छायाँकन निर्देशक सङ्गम राई, सम्पादक प्रमोद विश्वकर्मा र प्रकाश बस्नेत, ध्वनि डिजाइनर नबिन श्रेष्ठ, तथा प्रोडक्शन डिजाइनर डोमिनिका प्लाटेक रहेका छन्।

लाइन प्रोड्युसरको जिम्मेवारी केदार भुसालले सम्हालेका छन्। सिरिजलाई न्यू इन्भिजन प्रडक्सन र बेबी लोहाट प्रडक्सनको संयुक्त निर्माणमा तयार गरिएको हो।

सिरिजले नेपाली कलाकार र प्रवासी सर्जकबीचको सहकार्यलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास लिइएको छ।

‘मनकला’ ले केवल प्रेम र सम्बन्धको कथा मात्र होइन, आत्मपहिचान, जिम्मेवारी र स्वतन्त्रताको गहिरो विमर्श पनि ल्याएको छ।

युट्युबमा उपलब्ध पाइलट एपिसोडले नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

पहिलो एपिसोड हेर्नु तलको लिंक क्लिक गर्नुस्। https://www.youtube.com/watch?v=IQ3IQm7zfOo

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार