सोमबार, २४ कार्तिक, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा भइरहेको फुटबल प्रतियोगिताको आजबाट समुह चरणका खेल सम्पन्न भएका छन्।

आज भएको पहिलो खेलमा जनसेवा युवा क्लब र जि क्लबबीच खेल हुँदा जनसेवा युवा क्लब विजय भएको छ। त्यस्तै दोस्रो खेलमा जनसेवा युवा क्लब (सी) र मुगुम (एफ सी) बीच खेल हुँदा १-२ ले मुगुम (एफ सी) विजय भएको हो।

त्यस्तै आज भएको तेस्रो खेल परोपकार युवा क्लब र जनप्रेमी युवा क्लबको ०-२ ले जनप्रेमी युवा क्लबले जित्न सफल भएको हो। आइतबार भएको अन्तिम खेलमा समाजका लागि युवा र नौमुले युवा क्लबबीच प्रतिस्पर्धा हुँदा नौमुले युवा क्लबले १-२ को अन्तरले जित्न सफल भएको हो।

आइतबार भएको खेलमा म्यान अफ द म्याज पाउने खेलाडीहरु विशाल थापा,सर्जन नेपाली,प्रवेश भण्डारी र विशाल हमालले पाएको फुटबल आयोजनाका मूल समिति संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार