सोमबार, २४ कार्तिक, २०८२

अन्तरिम सरकारमा थप चार मन्त्री: खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज थप चार जनालाई मन्त्री नियुक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले थप मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालयमा समेत पठाइसकेकी छन् । जसमा थपिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्।

डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री ,खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्री बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र गणपतिला श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

उनीहरूको शपथ दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारीसमेत भइरहेको छ ।

मन्त्री बन्न दलित अभियानता खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनले पटकपटक दलित अधिकारको निम्ति देशव्यापी रुपमा चर्को आन्दोलन समेत गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार