सोमबार, २४ कार्तिक, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा शनिवार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज चार खेल सम्पन्न भएका छन् ।
टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको आज पाँचौं दिन चार खेल सम्पन्न भएका हुन्।

आज भएको पहिलो खेलमा फोइकालिका युवा क्लब र सरस्वती युवा क्लबबीच खेल प्रतिस्पर्धा हुँदा सरस्वती युवा क्लबले ०-१ गोल गर्दै जितेको छ। ।

त्यस्तै दोस्रो खेलमा चन्दननाथ ३ (सी) टिम र शान्तिनगर टिमको खेल हुँदा शान्तिनगरको टिमले ०-३ गोल हानेको थियो।

त्यस्तै आज भएको अर्को तेस्रो खेलमा लेकाली युवा क्लब (ए) र सिद्वगुफा युवा क्लबबीच खेल हुँदा लेकाली युवा क्लब (ए)ले ०-४ गोल हानेर जितेको थियो।

आज भएको अन्तिम खेलमा डि.वाइ.सी र तातोपानी ५ को टिमको खेलमा ठूलो प्रतिस्पर्धा हुँदा तातोपानी ५ को टिमले १-२ को गोलको अन्तरले विजय भएको फुटबल आयोजनाका मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।

त्यस्तै आज भएको खेलमा म्यान अफ द म्याज प्रभात खत्री,चान्स ठकुरी,सुरेन्द्र बुढ्थापा, बिनोद गिरीले पाएका थिए।

त्यस्तै कार्तिक ९ गते आइतबार पनि चार खेल हुनेछन्। तीमध्ये पहिले खेलमा जि क्लब युवा क्लब र जनसेवा (बी)को खेल बिहान आठबजेबाट सुरु हुनेछ।त्यस्तै दोस्रो खेल जनसेवा युवा क्लब (सी) र मुगुम (एफ सी) को खेल बिहानको १० बजे हुनेछ त्यस्तै तेस्रो खेल जनप्रेमी (बि) र परोपकार टिम बिच दिउँसोको १ बजेबाट हुनेछ भने भोलिको लागि अन्तिम खेल समाजका लागि युवा र नौमुले युवा क्लबबीच दिउँसोको ३ बजे हुने आयोजकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार