शुक्रबार, २१ कार्तिक, २०८२

खस भाषाको शब्दकोष ‘खसिया आखर’मा ४० हजार शब्द

रमान्दन आचार्यद्वारा लिखित ४० हजार शब्दहरुको खस भाषाको शब्दकोष ‘खसिया आखार’ पुस्तकको काठमाडौंमा लोकार्पण सम्पन्न भएको छ।

जुम्ला चन्दननाथ नगरपालिकामा १ को आचार्यबाडामा जन्मेका इतिहासविद् रमानन्द आचार्यले वि.स.२०६५ सालदेखिको लामो प्रयासबाट खस भाषाको शब्दकोष भएको पुस्तक ‘खसिया आखार’ प्रकाशन गरेका हुन्।

सामाजिक विकास कार्यालय कर्णाली प्रदेशको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषदको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।

सामाजिक विकास कार्यालय कर्णाली प्रदेशको सहयोगमा प्रकाशित पुस्तक कर्णालीको ऐतिहासिक दस्तावेज भएको समेत हो। पुस्तक लोकार्पणमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीको खस भाषा कमजोर नभएको र नसकिएको” बताए

पुस्तकका लेखक आचार्यले १७ वर्ष कठिन मेहनतले यो पुस्तक प्रकाशन गर्न सफल भएको बताएका छन्। उनले पुस्तक लेखन प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट समेत गरेका हुन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार